‘लप्पन छप्पन’मा यी हलिउड कलाकार
screennepal
प्रकाशित: २०७३, २६ जेष्ठ बुधबार
no img

काठमाडौं ।  चलचित्र ‘लप्पन छप्पन’ युरोपका विभिन्न भागको छायांकनपछि अब नेपालमा हुने भएको छ । गोल्डेन हिल्स पिक्चर्स प्रा.लि. प्रस्तुति रहेको यो चलचित्र स्वीजरल्याण्ड, हल्याण्ड, बेल्जियमका अलावा लक्जमवर्गमा छायांकन गरिएको छ ।

olivier bulcke

‘लप्पन छप्पन’ मा हलिउड कलाकार ओलिभर ब्लुर्कले पनि अभिनय गरेका छन् । ओलिभरसँगै चलचित्र नेपाली चर्चित कलाकारको बाहुल्याता छ । चलचित्रमा सौगात मल्ल, दयाहाङ राई, अर्पण थापा, वर्षा शिवाकोटी, श्याम श्रेष्ठ, देवु श्रेष्ठ, शिव खरेल, प्रकाशजंग शाह, सुन्दर श्रेष्ठ, शान्ति भट्टलगायतका कलाकारको अभिनय छ ।
हलिउडका कलाकारसहित नेपालका चर्चित कलाकारको अभिनयका कारण चलचित्र हेर्नलायक बनेको निर्देशक मुकुन्द भट्टको दावी छ । यो चलचित्रको छायांकन ५० प्रतिशत नेपालमै गर्न बाँकी छ । चलचित्रमा भट्टकै लेखन रहेको छ । चलचित्रको छायाँकार पुरुषोत्तम प्रधान हुन् द्वन्द्व निर्देशन चन्द्र पन्तले गरेका छन् । चलचित्रका सम्पादक सुरेन्द्र पौडेल हुन् भने संगीत दिपक आरजेको रहेको छ ।

6
चलचित्रका निर्माता डम्बर बहादुर चन्द, सहनिर्माता इन्द्रप्रसाद खरेल, कार्यकारी निर्माता सहदेव गौतम एवं प्रस्तुतकर्ता सानुका कँडेल रहेकी छन् । चलचित्रलाई एक्सन थ्रिलर बनाईको छ ।

 

Comments