अम्बरको पार्थिव शरीरलाई प्रज्ञामा ३ बजेसम्म राखिने
screennepal
प्रकाशित: २०७३, २५ जेष्ठ मंगलवार
no img

काठमाडौं । बरिष्ठ संगीतकार अम्बर गुरुङको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्ज्लीका लागि नेपाल प्रज्ञा प्रतिष्ठानमा दिउँसो ३ बजेसम्म राखिने भएको छ । उपचारकै क्रममा मंगलबार बिहान (आज) ग्राण्डी अस्पतालमा निधन भएका अम्बरको पार्थिव शरीरलाई बौद्ध गुरुहरुले निकालेको साइतअुसार १० बजे अस्पतालबाट निकालिएको छ ।
उनको पार्थिव शरीरलाई तीन बजेपछि हिन्दु धर्मअनुसार पशुपति आर्यघाट अन्तिम संस्कार गरिने उनका परिवारजनले जनाएका छन् ।

Comments