९५ लाख डलरको एडेलको बंगला (फोटोफिचरसहित)
screennepal
प्रकाशित: २०७३, २४ जेष्ठ सोमबार
no img

adel

एजेन्सी । ब्रिटिस गायिका एडेलले बेवर्ली हिल्समा ९५ लाख डलरमा एक आलीशान बंगला खरिद गरेकी छन् । समाचारमा जनाइएअनुसार ६ हजार ६ सय वर्ग फिटमा फैलिएको उक्त बंगला एक विशेष कोलोनीमा रहेको छ । जहाँ एडेलका अलावा जेनिफर लोरेन्स , एस्टन कुचर, मिला कुनिस र क्यामरुन डियाज जस्ता चर्चित सेलिब्रेटीको पनि अपार्टमेन्ट छ । एडेलको यस आलिशान बंगलामा चार बेडरूम, ५ बाथरूम र एक स्वीमिङ रहेको छ ।
बंगलामा एक बाहिरी ट्रेन सेट र एक ट्री हाउस पनि छ जसलाई एडेलले आफ्नो छोराका लागि तयार गरेको बताइएको छ । एडेलले यस बंगलमा चाँडै सदैछिन् । तर, उनीसँग तत्काल सर्ने समय छैन । हाल उनी म्युजिक टूरमा व्यस्त छिन् । यो बंगला उनले एक महिने अघि नै खरिद गरेकी थिइन् ।

a2 a1 a

Comments