सविनको ‘हिरो रिटन्स’ मा रेखा हिरोइन
screennepal
प्रकाशित: २०७३, २४ जेष्ठ सोमबार
no img

काठमाडौं । अभिनेत्री रेखा थापा चलचित्र ‘हिरो रिटन्स’ मा देखिने भएकी छन् । एउटा संयोगजस्तै भएको छ किनकि रेखाले ‘हिरो’ बाटै अभिनय करिअर सुरु गरेकी थिइन् । तर, यो हिरोको सिक्वेल भने होइन । यस चलचित्रलाई अभिनेता सविन श्रेष्ठले निर्माण गर्न लागेका हुन् ।

13342460_1072450039479730_251250744_n

चलचित्रमा सविनका अलावा रेखा थापा प्रमुख भुमिकामा देखिने भएकी छन् । अन्य कलाकारको बारेमा निर्माता चन्द्र गौतमले टुंगो लागेको पनि खुलाएनन् । गौतमले सविनसँग मिलेर हरेक बर्ष एउटा चलचित्र निमार्ण गर्ने समेत घोषणा गरेका छन् । यस चलचित्रलाई निर्देशन समिर मियाँले गर्ने चर्चा भएता पनि निश्चित नभएको निर्माता चन्द्र गौतमले बताएका छन् ।

Comments