अम्बर गुरुङको अवस्था चिन्ताजनक
screennepal
प्रकाशित: २०७३, २४ जेष्ठ सोमबार
no img

ambar gurung

काठमाडौं । राष्ट्रिय गानका संगीतकार अम्बर गुरुङको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको छ । गुरुङको धापासीस्थित ग्राण्डी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । अस्पतालका अनुसार उनको अवस्था गम्भीर र स्थिर रहेको छ ।
उनी एक साताअघि ग्राण्डी अस्पाल भर्ना भएका हुन् । दुई महिना भारतको मेदान्त अस्पतालमा नियमित उपचार गरेर गुरुङ गएको चैतमा फर्किएका थिए । गुरुङले ‘सैयौं थुागा फूलका हामी’ बोलको राष्ट्रिय गीत र नेपाली सेनाको ‘रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो’ गीतमा संगीत गरेका छन् भने उनको स्वर र संगीतबद्ध दर्जनौं कालजयी गीत छन् ।

Comments