‘तारेभीर’ को सकियो छायांकन
screennepal
प्रकाशित: २०७३, २३ जेष्ठ आईतवार
no img

Tarever (1)

काठमाडौं । चलचित्र ‘तारेभीर’ को छायांकन पूरा भएको छ । ३४ दिनमा सम्पूर्ण छायांकन सकिएको निर्देशक तथा कलाकार प्रेम सुब्बाले बताए । यस चलचित्रको शनिबार राजधानीमा ‘इन्डक्ल्याप’ गरिएको हो ।
यस चलचित्रमार्फत तीन दशक कलाकारितामै विताएका बरिष्ठ कलाकार प्र्रेम सुब्बाले निर्देशनमा डेब्यु गर्दैछन् । डेब्यु निर्देशकद्वारा निर्देशित ‘तारेभीर’मार्फत मोडल रेखा फागोलगायत अन्य तीन जनाले पनि डेब्यु गर्दैछन् । ‘तारेभीर’बाट पाश्र्वगायनमा व्रविम शेर्मा, अभिनेतामा नविन कार्की र बालकलाकार रुपमा लसता श्रेष्ठले डेब्यु गर्दैछन् ।

Tarever (2)
देउकृष्ण देवनको निर्माण रहेको ‘तारेभीर’ नारीप्रधान चलचित्र हो । यस चलचित्रमा गायिका समेत रहेकी विष्णु चेम्जोङ पहिलोपटक एक्शन भूमिकामा देखिने भएकी छन् । विष्णु चलचित्रमा प्रहरी निरीक्षकको भूमिकामा देखिँदैीछन् । चलचित्रले राष्ट्रियताको आवाज बुलन्द गर्ने विश्वास निर्माणपक्षको छ ।

Tarever (3)
चलचित्रमा विष्णु र रेखाका अलावा जयनन्द लामा, मञ्जु श्रेष्ठ, रञ्जित राना र निर्देशक प्रेम सुब्बाकै पनि मुख्य अभिनय छ । ‘तारेभीर’ को छायांकन काठमाडौलगायत सिन्धुपाल्चोकको मुढे र भोटेकोशीमा गरिएको छ । यस चलचित्रमा छायांकन युवराजको रहेको छ । चलचित्रको चाँडै सम्पादन सुरु गरिने निर्माणपक्षले जनाएको छ ।

Comments