म्यूजिक खबर म्यूजिक अवार्ड : यस्तो छ उत्कृष्ट पाँच मनोनयन
screennepal
प्रकाशित: २०७३, २३ जेष्ठ आईतवार
no img

काठमाडौं । ‘पाँचौं म्यूजिक खबर म्यूजिक अवार्ड–२०७३’ को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ । आयोजक संस्था म्यूजिक खबर डटकमले प्रेस विज्ञप्ति जारी गर्दै मनोनयन सार्वजनिक गरेको हो । विभिन्न ३२ विधामा प्रदान गरिने यस अवार्डका लागि करिब ११ सय गीतसंगीतले भाग लिएका थिए । तीमध्येबाट १ सय ६० कलाकार एवं सिर्जनाको नाम सार्वजनिक गरिएको छ ।

musickhabar-music-award2016-250x300
असार ३० गते काठमाडौंको राष्ट्रिय नाचघर जमलमा हुने यो अवार्डको सर्वोत्कृष्ट पाँचका मनोनयनमा राष्ट्रिय भावनातर्फ राजुबाबु श्रेष्ठ, पारसमणि बराल, मनिपाल राई, विजय सुनार, सुरेन्द्र महर्जन लगायतका स्रष्टाहरु उत्कृष्ट पाँचमा पर्न सफल भएका छन् । त्यस्तै रेश्मा सुनुवार, दुर्गा खरेल, रेनु मोक्तान, वीपी वाग्ले, राजेश हमाल लगायतका पप गायनतर्फ रहेका छन् भने पप संगीतकारमा अर्जुन पोखरेल, कमल खत्री, विपिन आचार्य, शिखर सन्तोष लगायतका छन् ।
सर्वोत्कृष्ट लोकदोहारीतर्फ भने गणेश गुरुङ, विरही कार्की, बद्री पंगेनी, राजन ठकुरी, राजु ढकाल गायकतर्फ छन् भने देवी घर्ती, मुना थापा, शर्मिला गुरुङ लगायतका गायिका रहेका छन् ।
चलचित्रतर्फ भने अर्जुन पोखरेल, डा.कृष्णहरि बराल, दिनेश डिसी, रमेश बिजी, डब्बु क्षेत्री चलचित्र गीतकारको सर्वोत्कृष्ट पाँचमा परेका छन् भने राजेशपायल राई, सुगम पोखरेल, युवराज चौलागाईं, रामचन्द्र काफ्ले पश्र्व गायक एवं अन्जु पन्त, माण्डवी त्रिपाठी, जुनु रिजाल लगायत पाश्र्व गायिकातर्फ उत्कृष्ट पाँचमा परेका छन् । त्यस्तै अर्जुन पोखरेल, सुरेश अधिकारी, विकास चौधरी, चेतन सापकोटा, वसन्त सापकोटा सर्वोत्कृष्ट पाँच चलचित्र संगीतकारतर्फ पर्न सफल भएका छन् ।

आधुनिकतर्फ भने काव्य आचार्य, सहिमा श्रेष्ठ, दुर्गा परियार, रजिना रिमाल, स्वरुपा रसाइली गायिकाको सर्वोत्कृष्ट पाँचतर्फ परेका छन् भने प्रमोख खरेल, शिव परियार, रविन्द्र राई, मनोजराज, भविन ढुंगाना सर्वोत्कृष्ट गायकको पाँचमा पर्न सफल भएका छन् । त्यस्तै प्रल्हाद बोगटी, बीबी अनुरागी, महेश खड्का, रामचन्द्र भण्डारी, श्रीकृष्ण बममल्ल सर्वोत्कृष्ट संगीतकार सुगमसंगीतको पाँचभित्र पर्न सफल भएका छन् ।
त्यस्तै यसपटकबाट छायाँकार र सम्पादकको विधा पनि समावेश गरिएको छ भने सर्वोत्कृष्ट पाँच छायाँकारतर्फ हरि हुमागाईं, विदुर पाण्डे, मानकृष्ण श्रेष्ठ, उत्सव दाहालको प्रतिस्पर्धा रहेको छ भने सम्पादकतर्फ निशान घिमिरे, टेकेन्द्र शाह, प्रविन श्रेष्ठ, सुजन शाही रहेका छन् । त्यस्तै निर्देशक तर्फ भने निर्मल शर्मा, विधान कार्की, विशाल भण्डारी, सुरज श्रेष्ठ, समन अधिकारी सर्वोत्कृष्ट निर्देशकको पाँचभित्र पर्न सफल भएका छन् ।

Comments