गुरुङ फिल्म ‘मैरिमो’को फस्टलुक
screennepal
प्रकाशित: २०७३, २३ जेष्ठ आईतवार
no img

काठमाडौं । मुनाल फिल्म प्रालिले निर्माण गरेको गुरुङ फिल्म ‘मैरिमो’ (मिस यू) को फस्टलुक सार्वजनिक गरिएको छ । फिल्मको गत चैत २३ गते पोखरास्थित दूधपोखरी तमु समाजमा मुहूर्त गरिएको थियो ।
भोजबहादुर गुरुङले निर्देशन गरेको फिल्ममा गमन घले, प्रेम गुरुङ, सपना गुरुङ, सेसुबा गुरुङ (सोनु), गजेन्द्र गुरुङ, कुलबहादुर गुरुङ, इन्द्रसुब्बा गुरुङ, चन्द्रकला गुरुङ, कमल गुरुङ, अमीर गुरुङ (बन्दीपुरे ठागु) लगायतको अभिनय छ । निर्देशक गुरूङका अनुसार फिल्मले गुरूङ भाषा र संस्कृतिको कथालाई प्रस्तुत गरेको छ ।

Gurung (1)
केयरसिंह गुरुङ (गुरुङ कवि) को कथा, रोशन गुरुङको पटकथा र संवाद, आश गुरुङ (प्रतीक), अमिर गुरुङ (बन्दीपुरे ठागु) र प्रेम गुरुङको गीत रहेको फिल्ममा तेजेन्द्र गुरुङको संगीत, गोविन गुरुङ, मनोज गुरुङ, सरुन गुरुङको स्वर, तारा श्रीषको छायांकन र खिमबहादुर गुरुङको सम्पादन छ ।
सपना गुरुङ र प्रेम गुरुङ निर्माता रहेको फिल्ममा कार्यकारी निर्माताका रूपमा बालकाशी गुरुङ छन् । फिल्ममा गमन घले र नेत्रबहादुर गुरुङको मुख्य सहायक निर्देशन छ ।

Comments