करिना ‘प्रेग्नेन्सी’ खबरले हलचल !
screennepal
प्रकाशित: २०७३, २१ जेष्ठ शुक्रबार
no img

kareena-kapoor

काठमाडौं । एकपटक फेरि बलिउड अभिनेत्री करिना कपूर खानको प्रेग्नेन्सीको खबरले हलचल मच्चाएको छ । यसअघि यो खबरको करिनाले खण्डन गरेकी थिइन् । तर, अहिले मौन स्वीकृति दिएकी छन् ।
केही दिनअघि करिना र उनका पति अभिनेता सैफ अलि खान लण्डनमा छुट्टि मनाइरहेको देखिए । करिना प्रेग्नेन्सी पछि रिल्याक्स गर्न त्यहाँ पुगेको बताइन्छ । तर, यसबारे करिना र सैफले मुख खोलेका छैनन् ।
यसबारे जब रणधीर कपूर (करिनाका बाबु) लाई सोधियो, तब उनले भने, ‘अहिलेसम्म उनीहरुले यसबारे मलाई केही भनेका छैनन् । तर, यो सही समय हो ।’ करिना र सैफले अक्टुबर २०१२ भच विवाह गरेका थिए । हालै करिना ‘उड्ता पंजाब’ को प्रमोशन र सैफ ‘रंगून’ को सुटिङमा व्यस्त छन् । (एजेन्सी)

Comments