पत्रकार बन्दै सोनाक्षी सिन्हा !
screennepal
प्रकाशित: २०७३, २० जेष्ठ बिहीबार
no img

काठमाडौं । बलिउड अभिनेत्री सोनाक्षी सिन्हा चाँडै पत्रकारका रुपमा देखिने भएकी छन् । यी अभिनेत्रीले एक क्राइम थ्रिलर फिल्ममा पत्रकारको भूमिका गर्न लागेकी हुन् । पाकिस्तानी उपन्यास ‘कराची ः यू आर किलिङ मी’ मा आधारित बलिउडमा फिल्म बन्ने भएको हो, जसमा सोनाक्षी पत्रकारको भूमिकामा हुनेछिन् ।

Sonakshi-Sinha-
सन् २०१४ मा प्रकाशित पत्रकार तथा लेखक सबा इम्तियाजको कमेडी एवं क्राइम थ्रिलर पुस्तकमा कराचीमा रहेर १० वर्ष रिर्पोटिङ गरेकी पत्रकार आयशा खानको कथामा केन्द्र्रीत छ । यस उपन्यासमा आधारित फिल्मको नाम ‘नूर’ राखिएको बताइएकोछ छ । सबाले ट्विटरमा एक पोस्ट गर्दै खुसी व्यक्त गरेका छन् । उनले आफ्नो ट्विटर पोष्टमा सोनाक्षी सिन्हाको पनि केही तस्बिर पोष्ट गरेका छन् । यस फिल्मलाई निर्माण भूषण कुमार र विक्रम मल्होत्राले निर्माण गर्न लागेका हुन् । –एजेन्सी

Comments