यस्तो छ, सनीको ‘ह्याप्पी वाईफ, ह्याप्पी लाईफ’ फर्मूला
screennepal
प्रकाशित: २०७३, २० जेष्ठ बिहीबार
no img

मुम्बई । पछिल्लो समय बलिउडमा केही सेलिब्रेटीको सम्बन्धको खबर बिकिरहेको छ । यसै वर्ष साल फरहान अख्तर–अधुना भबानी र अरबाज खान–मलाइका अरोडा खानलगायत केही बलिउड सेलिब्रेटीको आपसी सम्बन्ध तोड्ने निर्णय गरे । यसैबेला डेनियल वेबरसँग सन् २००९ जनवरीमा विवाह बन्धनमा बाँधिएकी अभिनेत्री सनी लियोनले सफल दाम्पत्य जीवनबारे रहस्य खुलाएकी छन् ।

सफल विवाहको राजबारे सोधिएको प्रश्नमा उनले भनिन्, ‘सफल विवाहको राज भनेकै विश्वास र सम्झौता हो । म ‘ह्याप्पी वाईफ, ह्याप्पी लाईफ’ को ओकालत गर्छु । तर, सफल विवाहमा मायाबारे एक–अर्कामा कुरा गर्नुपर्छ ।’

Sunny-Leone, Bollywood-actress-
सनीले जोड दिँदै भनिन्, ‘राम्रो र लामो समयसम्म दाम्पत्य जीवन टिकिरहन सम्झौता अति जरुरी छ । सम्झौता सबैभन्दा ठूलो आवश्यकता हो किनकि, हरेक कुरामा सहमत हुन बाध्य हुनपर्दैन । यसले सम्बन्धलाई बलियो बनाउँन मद्दत पुग्छ ।’
सनीले सन् २०१२ मा कामुक थ्रिलर फिल्म ‘जिस्म–२’ मार्फत बलिउडमा अभिनय करिअर शुरुआत गरेकी थिइन् । त्यसअघिसम्म उनी पोर्न स्टारका रुपमा चर्चित थिइन् । उनले एकपटक फेरि बलिउड बाहिर बस्ने मनशाय समेत गरेकी छन् ।

हिन्दी फिल्मबाट नाम कमाएपछि पनि उनलाई लागेको छ, ‘मलाई बलिउडमा केही राम्रो व्यक्तिसँग पाएकी छु ।’ उनी खुसी पनि छिन् ।
सनीले अभिनेता शाहरुख खान अभिनीत ‘रईस’ मा एक गीतमा अभिनय गरेकी छन् । सनी र शाहरुखमाथि खिचिएको सन् १९८० को हिट गीत ‘लैला ओ लैला’ को नयाँ रूप हो । यसको मुख्य गीतमा फिरोज खान र जीनत अमानले अभिनय गरेका छन् ।
सनी भन्छिन्, ‘शाहरुखका साथ काम गर्ने मेरो सपना पूरा भएको छ ।’ उनले आफ्नो ठूलो सपना पूरा भएको बताउँदै भनिन्, ‘म यसबाट एकदमै उत्साहित छु ।’ सनीले हाहरुखसँग काम गर्दा रामाइलो भएको पनि बताइन् । यी अभिनेत्रीले ख्यालख्यालमै बलिउडको चार वर्षे यात्रा गरिरहेकी छन् ।

Comments