अब नेपालीमा ‘अपरिचित’
screennepal
प्रकाशित: २०७३, २० जेष्ठ बिहीबार
no img

काठमाडौं । तमिल फिल्मका सुपरस्टार विक्रम अभिनीत ‘अपरिचित’ दर्शकले रुचाएका थिए । अब यही नामबाट नेपालमा पनि फिल्म निर्माण हुने भएको छ । बुधबार चाबहिलको गणेश मन्दिरमा ‘अपरिचित’ को शुभमुहुर्त गरिऐको छ ।
रुपेश थिङको निर्देशनमा निर्माण हुने ‘अपरिचित’ को जावलाखेलका डिएसपी डा. तपन झाले नरिवन फुटाएर मुहुर्त गरेका थिए । शुक्रबार बाट छायाँकन हुने सुरु हुने यस चलचित्रमा प्रज्वल गिरी, सारिका केसी, मोहनविक्रम श्रेष्ठ, ध्रुव कोइरालालगायतका कलाकारको अभिनय रहनेछ ।

IMG_0070
काठमाडौं, सिन्धुपाल्चोकलगायतका स्थानमा छायाँकन हुने भनिएको यस चलचित्रको लगानी ५० लाखसम्म हुने निर्माता लालबहादुर थकालीले जानकारी दिए । जुना फिल्मस् प्रालिको पाँचौं प्रस्तुती ‘अपरिचित’ मा सन्चु थोकरको छायाँकन, नृत्य निर्देशन रामजी लमिछाने, द्वन्द्व निर्देशन श्रीश्रेष्ठ र सह—निर्देशन सुरेश वाइवाको रहने भएको छ । चलचित्रका नायक प्रज्वलले ‘अपरिचित’ फरक कथावस्तुमा निर्माण हुन लागेको बताए । उनका अनुसार चलचित्रमा एक्सन, लभस्टोरीलगायत सबै पाटोलाई प्राथमिकतामा राखिएको छ ।
त्यस्तै निर्देशक रुपेशले ‘अपरिचित’ कुनै पनि चलचित्रबाट प्रभावित नभएको दाबी गरे । उनका अनुसार चलचित्र अपरिचितमा नेपाली परिवेशमा हुनेछ छ ।

Comments