बलिउड हास्यअभिनेता रज्जाक खानको निधन
screennepal
प्रकाशित: २०७३, १९ जेष्ठ बुधबार
no img

Razzak Khan

मुम्बई, (एजेन्सी) । बलिउडका बरिष्ठ हास्यअभिनेता रज्जाक खानको निधन भएको छ । एक्कासी हृदयघात भएपछि मंगलबार भारतको एक अस्पतालमा भर्ना भएका रज्जाकको बुधबार बिहान निधन भएको जनाइएको छ ।
मुम्बईको होली फेमिली अस्पतालमा बुधबार बिहानका राति रञ्जाकले अन्तिम सास फेरेको भारतीय सञ्चार माध्ययमले जनाएका छन् । एक सयभन्दा बढी फिल्ममा काम गरेका उनले पछिल्ला समय कमेडियन कपिल शर्माको ‘कमेडी नाइट्स विथ कपिल’मा गोल्डेन भाइको भूमिकामा देखिएका थिए । रज्जाकको निधनमा उनका समकालिन अभिनेताले शोक व्यक्त गरेका छन् । उनी बलिउडका खुब चल्तीका हास्य कलाकार थिए ।
रज्जाकले शाहरुख खान स्टार ‘बादशाह’, सलमान खान स्टार ‘हेलो ब्रदर’सँगै गोविन्दा अभिनित ‘आखियो से गोली मारे’लगायतका फिल्मबाट चर्चा कमाएका थिए ।

Comments