अबुधावीमा लक्ष्मी र रेखाको ‘टप भेनस ब्युटि सैलुन’ (फोटोफिचरसहित)
screennepal
प्रकाशित: २०७३, १९ जेष्ठ बुधबार
no img

काठमाडौं । सौन्दर्य व्यवसायिकमा लक्ष्मी कार्की र रेखा कार्कीले फड्को मारेका छन् । काठमाडौंमा ब्युटि पार्लर सञ्चालन गरेर प्रखर भएका यी दिदी–बहिनी केही वर्षअघि मात्र दुवई पुगेका हुन् । तर, उनीहरुले अहिले त्यहाँ ब्युटि पार्लर सञ्चालनमा ल्याएर आफूहरुजस्तै ब्युटिसियनलाई रोजगारीसमेत दिँदै आएका छन् ।

top beauti parlour, dubai (4)

सिन्धुपाल्चोकका लक्ष्मी र रेखाले ‘वल्र्ड टे«ड सेन्टर’ का रुपमा चिनिएको दुवईको  अबुधावीस्थित डिफ्रेन्स रोडमा ‘टप भेनस ब्युटि सैलुन’ नामको पार्लर सञ्चालनमा ल्याएका छन् । करिब एक करोड (नेपाली रुपैयाँ) मा सञ्चालनमा ल्याएको उक्त ब्युटि सैलुनले त्यहाँ दिनदिनै लोकप्रिय पाइरहेको छ ।

top beauti parlour, dubai (2)
ब्युटिसियन तथा सञ्चालकमध्येकी लक्ष्मीले भनिन्, ‘हाम्रो सैलुनमा यहाँका स्थानीयले रुचाएका छन् ।’ उनका अनुसार ‘टप भेनस ब्युटि सैलुन’ लोकल र इण्डियनलगायत अन्य विदेशीलाई लक्षित गरी सञ्चालनमा ल्याएको हो ।  राम्रो र उत्कृष्ट सेवा र सुविधा दिएकाले आफूहरुको सैलुनले अबुधावीमा सोचेभन्दा चाँडो लोकप्रियता पाएको उनको भनाइ छ । अबुधावीमा सौन्दर्य व्यवसायिकको भविष्य राम्रो भएको समेत लक्ष्मीले बताइन् ।

top beauti parlour, dubai (1)
सुरुमा ब्युटि पार्लरमै काम गर्नका लागि दुवई पुगेका यी दिदी–बहिनीले अहिले आफनो सैलुनमा ६ जना व्युटिसियनलाई रोजगार दिँदै आएका छन् । ‘सुरु–सुरुमा खाशै सैलुन चलेन’ उनले भनिन्, ‘तर अहिले ६ जनालाई समेत धौ–धौ हुन थालेको छ ।’ सैलुनमा कर्मचारी थप्ने सोच भइरहेको बताउँदै उनले भनिन्, ‘चाँडै सैलुनको शाखा पनि खोल्दैछौ ।’ दुवईको सातवटै स्ट्रेटमा शाखा खोल्ने लक्ष्य रहेको लक्ष्मीले सुनाइन् । उनले भनिन्, ‘एउटा शाखाचाहिँ चाँडै नै सुरु गदैछौं । त्यसपछि अरु शाखाका लागि काम थाल्नेछौं ।’

laxmi laxmi

Comments