‘लुट–२’ नबन्दै टीजर सार्वजनिक (टीजरसहित)
screennepal
प्रकाशित: २०७३, १८ जेष्ठ मंगलवार
no img

काठमाडौं । सुपरहिट चलचित्र ‘लुट’ को सिक्वेल ‘लुट–२’ पनि बन्ने भएको छ, जसको छायांकन अघि नै टीजरसमेत यु–ट्युबमा सार्वजनिक गरिएको छ । ‘लुट’ ०६९ मा रिलिज भएको सुपरहिट चलचित्र हो । निर्देशक निश्चल बस्नेतले ‘लुट–२ ‘लुट’ भन्दा केही भिन्न रहने बताएका छन् ।

loot 2
चलचित्र समसामयिक सामाजिक विषय केन्द्रित हुने बताउँदै निश्चलले भने, ‘भूकम्प र नाकाबन्दीका साथै अपराधका विषयलाई मुल कथाका रुपमा यसमा पेस गरिनेछ ।’ टिजरमा ‘लुट–२’ लाई पैसा, शक्ति र बदलाको कथा भनिएको छ ।
चलचित्रमा निर्देशकका अलाव निर्माता तथा अधिकांश कलाकार दोहोरिने भएका छन् । माधव वाग्ले, नरेन्द्र महर्जन र निश्चल स्वयं निर्माता रहेका छन् ।
ब्ल्याक हर्स पिक्चर्स र प्रिन्सेज मुभिजको ब्यानरमा निर्माण हुन गइरहेको यस चलचित्रमा कर्मा, सौगात मल्ल, दयाहाङ राई, प्रतिकराज न्यौपाने, सुशीलराज पाण्डे, प्रविण खतिवडा, ऋचा शर्मालगायतको अभिनयरहने भएको छ । यो चलचित्रको रिलिज मिति १३ फागुनमा तोकिएको छ ।

Comments