अबुधावीको सावियामा नाङ्लो रेष्टुरेण्ट !
screennepal
प्रकाशित: २०७३, १८ जेष्ठ मंगलवार
no img

nanglo (1)

काठमाडौं । दुवईको राजधानी अबुधावीमा नेपाली व्यवसायिकले रेष्टुरेण्ट सञ्चालनमा ल्याएका छन् । युवा व्यवसायिक अजय श्रेष्ठ, सरोजकुमार प्रधान र अनिता श्रेष्ठले संयुक्त रुपमा अबुधावीको साविया–११ मा ‘नाङ्लो रेष्टुरेण्ट’ सञ्चालनमा ल्याएका हुन् । सो रेष्टुरेण्ट गएको बिहीबार एक भव्य समारोहबीच उद्घाटन गरिएको थियो ।

nanglo (2)

Ajay Shrestha

दुबईको राजधानी यस्तो सहर हो, जहाँ लाखौ नेपाली छन् । त्यसैैले पनि पछिल्लो समय त्यहाँ पछिल्लो समय नेपालीले विभिन्न पेसा व्यवसायिक समेत सञ्चालन गर्न थालेका छन् । पछिल्लो उदाहरण हो, नाङ्लो रेष्टुरेण्ट । यो रेष्टुरेण्ट नेपालीलगायत लोकल बजारलाई मध्यनजर गर्दै सञ्चालनमा ल्याएको सञ्चालकमध्ये अजय श्रेष्ठले बताए ।
अजयका अनुसार रेष्टुरेण्टमा नेपाली खानाका अलाव इण्डियन र कन्टिनेन्टललगायतका खाना उपलब्ध हुनेछ । अजयले भने, ‘विशेषगरी हामी नेपाली खाना उपलब्ध गराउने छौं ।’ रेष्टुरेण्टमा तत्काललाई सात जना कर्मचारी राखिएको जनाउँदै अजयले भने, ‘केही समयपछि आवश्यकता अनुसार कर्मचारी थप्ने छौं ।’ रेष्टुरेण्टमा काम गर्ने सबै कर्मचारी नेपाली रहेको समेत उनले बताए ।

Comments