Video : दीलिपको ‘बदामे आँखा…’
screennepal
प्रकाशित: २०७३, १८ जेष्ठ मंगलवार
no img

काठमाडौं । गायक तथा संगीतकार दीलिप केसीको नयाँ गीत सार्वजनिक भएको छ । ‘बदामे आखा…’ बोलको उक्त गीत अडियो भिडियोसहित बुढासुब्बा डिजिटलले यु–ट्युबमार्फत सार्वजनिक गरेको हो । शब्द प्रकार र संगीत कल्याण सिंहको यस गीतमाथि रमाइलो तवरले म्युजिक भिडियो निर्माण गरिएको छ ।
यस भिडियोमा बिनोद, बर्षा राउतलगायतको अभिनय देख्न सकिन्छ । सुन्दा मिठास र मोहक लाग्ने यस गीतको भिडियोलाई रंगशालामा पनि छायांकन गरिएको छ । यस भिडियोलाई युवराज वाइवाले निर्देशन गरेका हुन् ।

Comments