शिल्पीमा कथादेश यात्रा (फोटोफिचरसहित)
screennepal
प्रकाशित: २०७३, १८ जेष्ठ मंगलवार
no img

काठमाडौं । जतिसुकै दुश्मनी वा मनमुटाव होस् तर मर्दा–पर्दा काम लाग्ने त छिमेकी नै हो । गुरुप्रसाद मैनालीको नाटक ‘छिमेकी’ को मुख्य सार यही हो । एउटा गाउँ जहाँ अरुबेला इख र आ–आफ्नो घमण्डका कारण पानी बाराबारसम्म गर्ने छिमेकीबीच दुःख पर्दा एकजुट हुन्छन् । यतिखेर बतिसपुतलीस्थित शिल्पी थिएटरमा ‘कथादेश–३’ मञ्चन हुँदै आएको छ, जसअन्र्तग नाटकको प्रमुख अंशका रुपमा ‘छिमेकी’ को कथा हेर्न सकिन्छ । नाटककार गुरुप्रसाद मैनालीको यस नाटकलाई एक्टर्स स्टुडियोका १८औं सत्रका विद्यार्थीले प्रस्तुत गरेका हुन् । आशान्त शर्माको निर्देशनमा मञ्चन हुँदै आएको नाटकमा डेढ दर्जन कलाकारले भभिनय गरेका छन्, जो सबै कलाकार एक्टर्सका विद्यार्थी हुन् । नाटकको सुरुवाती मनोरञ्नात्मक छ । तर, जब नाटक ‘छिमेकी’ कथामा मोडिन्छ, तब दर्शकमा एक किसिमको सेन्टिमेन्ट छाउँछ ।

katha desh, screennepal (4)
यस नाटकमा पुर्वकी चर्चित मोडल तथा अभिनेत्री सिर्जना निङ्लेखुले पनि अभिनय गर्दैछिन् । एक्टर्स स्टुडियोमा आवद्ध भएपछि रंगमञ्चमा देखिएकी सिर्जनाले भनिन्, ‘यो मेरो पहिलो रंगमञ्च अनुभव हो ।’ उनले वर्कशप गर्दा गाह्रो भए पनि स्टेजमा रमाइलो लागिरहेको सुनाइन् । गएका १२ गतेबाट सुरु भएको नाटक मंगलबार बाहेक हरेक दिन यो २९ गतेसम्म मञ्चन हुनेछ ।  तस्बिर : नविनबाबु गुरुङ, streetnepal.com

katha desh, screennepal (3) katha desh, screennepal (2) katha desh, screennepal (1)

Comments