एक गायिकामाथि कारमै सामुहिक बलात्कार
screennepal
प्रकाशित: २०७३, १८ जेष्ठ मंगलवार
no img

कोलकता, (भारत) । कोलकातामा गुडिरहेको कारमा एक गायिकामाथि सामुहिक बलात्कार भएको छ । ट्याक्सी कुरिरहेकी ती महिलालाई कारमा चारजनाले जबजस्र्ती तानेर ३ घण्टासम्म बलात्कार गरेको समाचारमा जनाइएको छ । बलात्कारपछि उनीहरुले ती महिलालाई सडकमा फालिदिएका थिए ।
२६ वर्षीया ती पीडित गायिका भिआइपी रोडस्थित एक बारमा गीत गाउँथिन् । उनको बयानअनुसार आइतबार राती डिउटी सर्केर सेक्टर ५ मा रहेको एउटा क्याफेमा जान लागेकी थिइन् । कोलकातामा नयाँ आएकी उनले त्यहाँ पुगेपछि एक व्यक्तिलाई क्याफेको स्थान सोधेकी थिइन् । तर, ती व्यक्तिले उनलाई गलत बाटो देखाएका थिए । त्यसपछि ती व्यक्तिले अन्यलाई फोन गरेर बोलाएको र केही बेरमै एक कार उनको अगाडि रोकिएको थियो । उनलाई चारजनाले तानेर कारमा हाले र गुडिरहेको कारमै आफूलाई बलात्कार गरेको उनले बताएकी छन् ।
बिहान साढे ३ बजे उनलाई सडकमा फालेर उनीहरु फरार भए । बाटोमा एक ट्याक्सी ड्राइभरले उनलाई भेटेपछि अस्पताल पुराएका थिए । मेडिकल रिपोर्टपछि उनीमाथि बलात्कार भएको पुष्टि भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आरोपीहरुको खोजी तीव्र पारिएको छ । -Agency

Comments