लिम्बू पहिरन मेख्ली र शिरबन्दीमा पार्वती राई !
screennepal
प्रकाशित: २०७३, १७ जेष्ठ सोमबार
no img

parbati rai (3)

काठमाडौं । मोडल तथा नृत्यांना पार्वती राई शनिबार फर्पिङमा लिम्बू पहिरनमा भेटिइन् । पार्वतीलाई लिम्बू् पहिरन मेख्ली, ढाकाको साडी र शिरबन्दीले चिटिक्कै देखिइन् । प्रायः लोक दोहोरी गीतहरुमा कम्मर मर्काउने उनी त्यसदिन भने ‘हाक्पारे ख्याली’ रमाउँदै थिइन् । उनी गायक राजेशपायल राईले गाएको ‘हाक्पारे ख्याली साम्लो रे…’ मा कम्मर मर्काउन त्यहाँ पुगेकी हुन् । उक्त गीतको भिडियोमा छायांकन फर्पिङ र चोभारमा गरिएको छ ।

parbati rai (2)
ओमप्रकाश लिम्बूको संगीत रहेको ‘हाक्पारे ख्याली साम्लो रे…’ लिम्बू भाषाको गीत हो । यस गीतको भिडियोलाई लोकेन साँवाले निर्देशन गरेका छन् । पछिल्लो समय पुर्वेली गीत विशेषगरी लिम्बू संस्कृतिमा आधारित म्युजिक भिडियो निर्देशनमा ख्याती कमाउँदै आएका लोकेनका अनुसार यो गायक राजेशपायलको पहिलो लिम्बू भाषा एल्बम हो । उक्त गीत ‘आसेवारो’ अर्थात् मेरो नमस्कार एल्बममा समावेश छ । यो एल्बममा राजेशपायल र लोकेनको संयुक्ति प्रस्तुती रहेको छ ।
यस गीतको भिडियोमा पार्वती र मौसम माखिमले अभिनय गरेका छ । अर्जुन तिवारीको छायांकन रहेको यस भिडियोको कोरियोग्राफी दिनेश लिम्बूले गरेका छन् । भिडियोलाई निशान घिमिरेले सम्पादन गर्दैछन् । यस भिडियोलाई चाँडै रिलिज गर्ने निर्देशन लोकेनले बताएका छन् ।

parbati rai (1)

 

Comments