दीपाको ‘करेन्टवाला झट्का’ मा केकी–केके (फोटोफिचरसहित)
screennepal
प्रकाशित: २०७३, १५ जेष्ठ शनिबार
no img

Deepa panta (3)

काठमाडौं । गायिका दीपा पन्त एकपटक फेरि श्रोता तथा दर्शकलाई ‘झट्का’ लगाउन आउँदैछिन् । उनी निकै समय प्रत्यक्ष गायनमा ओझेल परेकी थिइन् । गायनबाट ओझेल पर्दा श्रोता तथा दर्शकले उनलाई नखोजेको पनि होइन । तर, आधा गायिक र आधा शिक्षिका भएकाले दीपालाई खोजेकै बेला भेटाउँन मुश्किलै पर्छ । तर, यसपटक भने दीपा आफै ‘करेन्टवाला झट्का’ भन्दै सांगीतिक क्षेत्रमा झुल्किएकी छन् । दीपाको ‘करेन्टवाला झट्का’ बोलको गीतलाई केही दिनअघि राजधानीको विभिन्न स्थानमा छायांकन गरिएको छ ।

Deepa panta (2)

आइटमवाला यस गीतले एकपटक फेरि आफूलाई गायन क्षेत्रमा झट्का दिलाउने उनको विश्वास छ । उनी ‘कालो गाजल’ बोलको गीत बजारमा ल्याएपछि ओझेल परेकी थिइन् । उक्त गीत दीपाको पछिल्लो ‘हिट’ गीत पनि हो ।
आधुनिक तथा पप गायन हुँदै पछिल्लोपटक ‘आइटम’ मा लोभिएकी दीपाको यस ‘करेन्टवाला झट्का’ मा राजकुमारको शब्द तथा संगीत छ भने यसको भिडियो निर्देशन केके अधिकारीले गरेका छन् । यस गीतको भिडियोमा दीपा आफैले पनि कम्मर मर्काएकी छन् । तर, मुख्य फिचरिङमा रुपमा अभिनेत्री केकी अधिकारी र भिडियोका निर्देशक केके अधिकारीलाई प्रस्तुत गरिएको छ ।

Deepa panta (4)
हरि हुमागाइँको छायांकन रहेको यस भिडियामा केकी र केकेको रोमान्स हेर्न सकिनेछ । दीपाले यस गीतको भिडियोलाई चाँडै रिलिज गर्ने बताइन् । ‘केही समयको ब्रेकपछि आएकी छु’ उनले भने, ‘अहिले डान्सिङ गीत लिएर आएकी छु । यस गीतले मलाई श्रोता तथा दर्शकमाझ फेरि जग्मगाउने छ भन्ने विश्वास लिएकी छु ।’

Deepa panta (5)

Comments