अलग हुँदै यी हलिउड दम्पती !
screennepal
प्रकाशित: २०७३, १५ जेष्ठ शनिबार
no img

Amber (2)

लस एञ्जलस (एजेन्सी) । हलिउड अभिनेत्री अम्बर हर्डले आफ्ना पति जोनी डेपसँग अलग हुन ‘डिभोर्स फाइल’ तयार गरेकी छन् । स्मरणीय कुरा के भने जोनीको आमाको निधन भएको तीन दिनमै अम्बरले यस्तो कठोर कदम उठाएकी हुन् । यी अभिनेत्रीले यो निर्णय सयंम आफैले गरेकी हुन् किनकि, जोनी आफ्नी आमाको निधनले दुखित थिए । अम्बरले डिभोर्स पत्रमा लेखेकी छन्, ‘२२ मेमा अर्थात् जोनीको आमाको निधनको दुई दिनपछि मैले अलग हुने फैसला गरेकी छु ।’
भनिन्छ, यी जोडी ‘द रन डायरी’ को सेटमा भेटेका थिए । उक्त फिल्ममा यी दुवै एकसाथ देखिएका थिए । त्यसपछि उनीहरु बीच डेटिङ सुरु भएको थियो । भेट भएको चार वर्षपछि उनीहरु फेब्रुअरी २०१५ मा विवाह गरेका थिए ।

Amber (1)
हलिउड वेबसाइटको रिपोर्ट अनुसार उनीहरुको सम्बन्धविच्छेद हुनमा आपसी असमदारी हो । केही समययता उनीहरुमा मतभेद हुँदै आएको थियो । तर, उक्त मतभेद सुल्झिन नपाउँदै अलग हुने अम्बरले निर्णय गरेकी हुन् । अम्बरले सम्बन्धविच्छेदपछि पनि जोनीसँग आर्थिक सहयोग गर्न माग गरेकी छन् ।

Comments