‘एकपटक फेरि सलमानका साथ फिल्म गर्न चाहन्छु’
screennepal
प्रकाशित: २०७३, १५ जेष्ठ शनिबार
no img

मुम्बई । अभिनेत्री जरिन खानले आफ्नो बलिउड करिअरको श्रेय अभिनेता सलमान खानलाई दिन चाहन्छन् । सन् २०१० मा सलमान अभिनीत फिल्म ‘वीर’मार्फत बलिउड फिल्म जगतमा पाइला राखेकी यी अभिनेत्री उक्त फिल्ममा राजकुमारी यशोधराको भूमिकामा देखिएकी थिइन् ।

zarine khan, screennepal
त्यसको एक वर्षपछि जरिन पुन सलमानकै फिल्म ‘रेडी’ मा एक सानो भूमिकामा देखिएकी थिइन् । बलिउडमा आफ्नो करिअरको श्रेय सलमानलाई दिएको सन्दर्भमा सोधिएको प्रश्नमा जरिन भ‘न्छन्, ‘निश्चित रुपमा श्रेय म उनलाई नै दिन चाहन्छु । यदी सलमानको श्रेय नपाएको भए म अभिनेत्री बन्छु भन्ने सोच्न समेत सक्दिनँ थिएँ ।’
जरिन पछिल्लोपटम फिल्म ‘हेट स्टोरी–३’ मा देखिएकी थिइन् । अहिले उनी भन्छिन्, ‘एकपटक फेरि सलमानका साथ फिल्म गर्न चाहन्छु ।’ यी अभिनेत्री अब चाँडै साई कबिरको फिल्म ‘डिवाइन लवर्स’ मा देखिँदैछिन् । -Agency

Comments