यस्तो छ भानुप्रतापको ‘लालटिन’ (फस्टलुक)
screennepal
प्रकाशित: २०७३, १४ जेष्ठ शुक्रबार
no img

काठमाडौं । कलाकार भानुप्रताप आफ्नो इच्छा र योजनामा यति दृढ छन् कि उनी गरेरै देखाउँछन् । उनी ‘हिरो’ होइन ‘भिलेन’ बन्न चाहन्छन् । यो कुरा उनले बारम्बार भन्दैपनि आएका छन् । र, भनेजस्तै उनी पछिल्लो समय खलपात्रमा जम्दै आएका छन् । यसैबेला भानुप्रताप ‘लालटिन’ बालेर चाँडै दर्शकमाझ आउँदैछन् । उनको प्रस्तुती तथा निर्माण रहेको चलचित्र ‘लालटिन’ को फस्टलुक सार्वजनिक गरिएको छ ।

laltin
बिहिबार राजधानीमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको ‘लालटिन’ को फस्टलुकमा लालटिन बोकेका एक पात्रलाई देखाइएको छ । त्यो पोस्टरमा देखाइएको पात्र को हो भन्ने ठम्याउन सकिँदैन । तर, पोस्टरले ‘लालटिन’ एक सस्पेन्स थ्रिलर चलचित्र हो भन्ने बुझाउँछ ।
चलचित्रको फस्टलुक सार्वजनिक गर्दै चलचित्र विकाश बोर्डका अध्यक्ष राजकुमार राइले भानुप्रतापलाई शुभकामना दिए । देवकुमार श्रेष्ठले निर्देशन गरेको ‘लालटिन’ मा दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारी, अर्जुनजंग शाही, अर्जुन गुरुङ, रिया श्रेष्ठलगायतका कलाकारको मुख्य अभिनय देख्न सकिन्छ ।
प्रस्तुतकर्ता भानुप्रतापका अनुसार ‘लालटिन’ले प्रहरी फोर्सले अपराधिक क्रियाकलापमाथी गर्ने अप्रेशनको बिषयलाई उजागर गर्छ । भिलेनका रुपमा नेपाली चलचित्र क्षेत्रमा जम्दै अआएका भानुप्रताप यसै चलचित्रमार्फत निमार्णमा देखिएका हुन् ।
हरी घलेको छायाँकान, रोशन श्रेष्ठको द्धन्द्ध रहेको चलचित्रमा डिजराज पौड्याल, किरण माइकल र बिनोद ढकालले संगीत समेटिएको छ ।

Comments