अर्चनालाई १६ वर्ष माथिकाले मात्र हेर्न पाउँने !
screennepal
प्रकाशित: २०७३, ११ जेष्ठ मंगलवार
no img

काठमाडौं । अर्चना पनेरुलाई फिल्म ‘छेस्को’ मा १६ वर्ष माथिकाले मात्र हेर्न पाउँने भएका छन् । पोस्टर रिलिजबाटै अर्चनाको अर्ध नग्न तस्बिरका कारणा चर्चामा आएको ‘छेस्को’ले सेन्सर बोर्डबाट ‘एडल्ट’ सर्टिफिकेट पाएको छ । यो चलचित्र २१ जेठदेखि रिलिज हुँदैछ ।

archana123
पोर्न स्टार बन्छु भनेरै चर्चामा आएकी अर्चनाको यो डेब्यु चलचित्र हो । ‘जिस्म’ मा पनि अर्चनाले बोल्ड सीन दिएकी छन् । यो उनको डेब्यु चलचित्र भएपनि केही पछि मात्र रिलिज हहुने भएको छ ।
चलचित्र ‘छेस्को’ ले गरेको ब्यापारको १५ प्रतिशत रकम अनाथ बालबालिकालाई प्रदान गरिने चलचित्रका वितरक तथा कलाकार करण श्रेष्ठ ‘क्रेजी’ले बताए । चलचित्र ‘छेस्को’ मा अर्चना मुख्य भूमिकामा छिन् । चलचित्रमा राजन कार्की नयाँ अनुहारका रुपमा देखिँदैछन् । सुरज प्रधान निर्मित यस चलचित्रलाई सुरेश थापाले निर्देशन गरेका छन् ।

Comments