‘गाँठो’ को रिलिज गाँठो फुक्यो (भिडियोसहित)
screennepal
प्रकाशित: २०७३, ९ जेष्ठ आईतवार
no img

काठमाडौं । सुरज भुषाल निर्देशित चलचित्र ‘गाँठो’ ३१ भदौमा रिलिज हुने भएको छ । शनिबार आयोजित पत्रकार सम्मेलनमा नयाँ रिलिज मिति घोषणा गरिएको हो । यसअघि मौन र होस्टेल रिटन्र्स निर्देशन गरिसकेका भुषालको यो तेस्रो प्रोजेक्ट हो । कार्यक्रमा शीर्ष गीत र पोस्टर सार्वजनिक गरिएको छ ।

NAMRATA 2 4K
चलचित्रमा नाजिर हुसेन, नम्रता श्रेष्ठ र अभय बरालको मुख्य भूमिका छ । सम्बन्धलाई केन्द्रिय द्धन्द्ध बनाइएको चलचित्रमा नम्रताको डेब्यु प्रोजेक्ट हो । अभय र नाजिरलाई दुई परस्पर प्रेमी पात्रको रुपमा स्थापना गरिएको छ ।

शीर्ष गीतमा अनुपम शर्माले संगीत र स्वर दिएका छन् । मानवीय सम्बन्धको जटिलता गीतको मर्म हो । ‘पात्रमा डुब्न इफोर्ट गरेकी छु । नाजिर, अभय र सुरजजीको सहयोगले डेब्यु कलाकार महसुस भएन’ नम्रताले संक्षिप्त प्रतिक्रिया दिइन् ।

डेब्यु निर्देशन मौनमा स्थापित अभिनेत्री नम्रता श्रेष्ठलाई लिएका सुरजले गाँठोमा नाम मिल्ने नयाँ नम्रतालाई लिएर चलाखी अपनाएका छन् । गाँठोमा डेब्यु एक्ट्रेस नम्रतालाई मनोविज्ञान विषयकी छात्राको रुपमा प्रस्तुत गरिएको छ ।
सिनेमाले पेन्टिङ पानीचित्र प्रतिस्पर्धा समेत गर्ने भएको छ । विद्यालय, कलेज र खुल्ला स्तरिय प्रतिस्पर्धामा सबैले आफ्नो भावना व्यक्त गर्न पाउने आशा निर्माण कम्पनी बटवाल इन्टरटेनमेन्टको छ ।

नरेन्द्र मैनालीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, उत्तम न्यौपानको ध्वनी रहेको फिल्ममा अरुणा कार्की र ध्रुव कोइरालाको समेत मुख्य अभिनय छ । प्रतीक गुरुङसँग मिलेर सुरजले पटकथा लेखेका हुन् । तिलकबहादुर क्षेत्री, नृपेन्द्रराज जोशी र दीपेश भण्डारीको निर्माण रहेको चलचित्रलाई महत्वका साथ लिइएको छ ।

Comments