चाँडै आउँदै ‘तीन पकाउ इन मकाउ’
screennepal
प्रकाशित: २०७३, ८ जेष्ठ शनिबार
no img

काठमाडौं । चलचित्र ‘तीन पकाउ इन मकाउ’ प्रदर्शनका लागि तयार भएको निर्माणपक्षले जनाएको छ । यस चलचित्रलाई गोल्डेन ग्रेप्स मोसन पिक्चर्स मुम्बईको ब्यानरमा निर्माण गरिएको हो, जसको लगानीकर्ता नेपाली रहेका छन् । चलचित्रको फस्टलुक गएको ३० अप्रिलमै सार्वजनिक गरिससकिएको छ ।

Dhiren situla
यस चलचित्रमा गैरआवासिय नेपाली (हङकङ बस्दै आएका) नेपाली फ्रेन्डसिप एसोसिएसन अफ मकाउका चेयरमेन मिस्टर एचके पिटर ‘हर्क कृष्ण’को मुख्य लगानी छ । साथै चलचित्रमा सुल्तान बिजी र धिरेन्द्र सिटौलाको पनि लगानी रहेको बताइएको छ ।
‘तीन पकाउ इन मकाउ’ लाई जोनीसिंह रानाले निर्देशन गरेका हुन् । यस चलचित्रमा बलिउड कलाकारसँगै श्याम केसी र राकेशकुमार राय पनि मुख्य भुमिकामा छ । चलचित्र छिट्टै प्रदर्शनमा ल्याउने तयारीमा जुटेको एचकेले जानकारी गराएका छन् । साथै, उनले चाँडै अर्को नेपाली चलचित्र निर्माण गर्ने घोषणा गरेको छन् ।

Comments