मेगना भन्छिन्, ‘एक रातवाला सेक्समा बिकेकी छैन’
screennepal
प्रकाशित: २०७३, ८ जेष्ठ शनिबार
no img

megan fox, screennepal

लस एञ्जलस, एजेन्सी । हलिउड अभिनेत्री मेगन फक्सले आफूलाई ‘सेक्स सिम्बल’का रुपमा लिन्छिन् । त्यो स्वभाविक पनि हो । तर, आफू जति सेक्सी भएपनि ‘एक रातवाला सेक्स’ मा नबिकेको उनले दावी गरेकी छन् । ‘आफूलाई सेक्स सिम्बल मान्छु’ यी सेक्सी अभिनेत्रीले भनिन्, ‘तर, मैले जीवनमा कहिल्यै एक रातवाला सेक्स गरिनँ ।’ एक वेब साइटले उल्लेख गरेअनुसार मेगनले भनेकी छन्, ‘जोसँग प्रेम हुँदैन, त्योसित सेक्सको कल्पना पनि गर्न सक्दिनँ ।’
‘द सन’ पत्रिकाले मेगनको भनाइलाई यसरी उल्लेख गरेको छ, ‘यदि कसैसँग सेक्स हुन्छ भने त्योसित प्रेम हुनपर्छ । यो आफ्नै मान्यता हो । मैले कहिल्यै पनि एक रातको लागि सेक्समा रमाइनँ ।’ मेगन हालै फेरि आफ्नो पति ब्रायन आस्टिन ग्रीनसँगको सम्बन्धका कारण चर्चामा छिन् ।
मेगनले यो महिना ३० वर्ष टेक्दैछिन् । यस दौरानमा यी अभिनेत्रीले भनिन्, ‘म आफ्नो करिअरमा अर्को फड्को मार्ने प्रयास गर्दैछु ।’ उनले फिल्ममा काम गर्नु त्यति सजिलो नहुने बताउँदै भनिन्, ‘अनिवार्य रूपमा यसप्रति भावुक छु ।’

Comments