श्रीअन्तु डाँडामा सञ्चिता र जीवनको रोमान्स
screennepal
प्रकाशित: २०७३, ४ जेष्ठ मंगलवार
no img

radha, screennepal (2)

काठमाडौं । यतिखेर नेपाली चलचित्र ‘राधा’ ईलामको श्रीअन्तु डाँडामा सुटिङ भइरहेको छ । यस चलचित्रलाईलाई अभिनेत्री सञ्चिता लुइँटेलले आफ्नो हिट चलचित्र ‘छोडी गए पाप लाग्ला’ पछिको उत्कृष्ट हुने तर्क गरेकी छन् । ‘छोडी गए पाप लाग्ला’ ५ बर्षअघि रिलिज भएको थियो । जुन फिल्मले ब्यापारिक हिसावले उत्कृष्टता हासिल गरेको थियो ।

radha, screennepal (1)
सुटिङका क्रममा सञ्चिताले फिल्मको कथा अत्यन्त राम्रो भएको भन्दै दर्शकले रुचाउँन सक्ने पबताइन् । जीवन लुइँटेलसँग पहिलोपटक अनस्क्रिन रोमान्स गर्ने मौका पाएकी उनले फिल्म मेकिङमा समेत निर्देशक योगेश घिमिरेको मिहिनेत देखिएको बताउँदै टेक्निकल हिसावमा ‘राधा’ राम्रो बनेर दर्शकमाझ आउने दावी गरेकी छन् ।
निर्देशक योगेशले पनि आफ्नो मुख्य ध्यान नै टेक्टिकल पाटो र कथामा भएको भन्दै राम्रो फिल्म बनाउँन कन्जुसाई नगरेको बताएका छन् । राधाको कथाचाँहि महँगा स्क्रिप्ट राईटरको रुपमा चिनिने प्रदीप भारद्धाजले लेखेका हुन् । ‘छोडी गए पाप लाग्ला’ का पनि उनैल े लेखेका हुन् ।

radha, screennepal (3)
गत बैशाख २४ देखि सुरु भएको यो फिल्मको सम्पूर्ण छायाँकन पूर्वाञ्चलमै हुनेछ । पछिल्लो केही समय अमेरिकामा बसेर नेपाल आएका अभिनेता जीवनले ‘राधा’ को स्टोरी राम्रो भएको बताए । उनले भने, ‘बर्षमा २ वटामात्र फिल्म खेल्ने निर्णयमा पुगेको छु । त्यसकारण धेरै स्क्रिप्ट छनोट गर्ने क्रममा मलाई राधाको स्क्रिप्टले छोयो ।’ जीवनको यो बर्ष दुई फिल्म ‘रिफ्यूजी’ र ‘बाजीगर’ले खाशै राम्रो ब्यापार गरेन ।

Comments