‘जेम्स बोन्ड’ पियर्सबारे सात तथ्य
screennepal
प्रकाशित: २०७३, ३ जेष्ठ सोमबार
no img

काठमाडौं । हलिउडमा ‘जेम्स बोन्ड’ धेरै भेटिन सक्छन् । तर, पियर्स ब्रोसननजस्तो स्टाइलिस र पर्सनालिटी भएका कमै छन् । हलिउडका यी चर्चित अभिनेता पियर्स ब्रोसननको आज अर्थात् १६ मेमा जन्मदिन हो । जन्मदिनको अवसरमा उनका बारे केही जानौ ।

james-bond-
१, आयरिश अभिनेता तथा जेम्स बोन्ड सीरीजको चर्चित पात्र पियर्स ब्रेन्डन ब्रोसननको जन्म सन् १९५३ मा आजकै दिन अर्थात् १६ मेमा आयरल्याण्डमा भएको थियो ।
२, पियर्स ब्रोसननले ३७ वर्षअघि आजकै दिन सेन्टेनियलका साथ टिभीमार्फत आफ्नो करियर सुरू गरेका थिए । जो उनी त्यसदिनलाई आज पनि स्मरण गर्छन् ।
३, पियर्स ब्रोसनन ‘जेम्स बोन्ड’ को भूमिका गर्ने पाँच अभिनेता छन् । जसमा सन् १९९५ देखि २००२ सम्मका फिल्मले तहल्का मच्चायो ।
४, पियर्स ब्रोसनन सन् २००१ देखि यता यूनिसेफ आयरल्याण्डका दूत छन् ।
५, उनी सबैभन्दा खतरनाक बोन्ड मानिन्छन्, जसले ‘गोल्डन आई’ फिल्ममा ४७ जनालाई मारेका थिए ।
६, पियर्स ब्रोसननले १६ वर्षको उमेरमा स्कूल छाडेपछि कमर्शियल ईलस्ट्रेशनको तालिम लिएका थिए ।
७, पियर्स ब्रोसननको मान्यता छ, दुनियाँले आफ्नो कुनै यकिन नगरोस्, तर तपाईँ आफ्नो गर्न नछाडौं ।

-Agency

Comments