साङ्घाइस्थित स्पेश ग्यालरीमा सञ्जयको २५ प्रेमिल कलाकृति
screennepal
प्रकाशित: २०७३, ३ जेष्ठ सोमबार
no img

– देबेन्द्र थुम्केली

काठमाडौं । नेपाली कलामा पछिल्लो समय चर्चामा आइरहने युवाकलाकार सञ्जय वान्तवाको एकमहिने एकल कला प्रदर्शनी हङकङको साङ्घाइस्थित स्पेश आर्ट ग्यालरीमा भइरहेको छ । बैशाख १२ देखि सुरु सो प्रदर्शनीमा वान्तवाका २५ कलाकृति राखिएको छ ।

saroj bangtawa (2)
घोडा र नारीलाई बिम्बमा आधारित अर्धमूर्त चित्रमा उनले आफ्नो परिवेशलाई कलात्मक रुपमा उतारेका छन् । मानव जीवन जति संघर्षशिल छ, त्योभन्दा बढ्दा आफ्नो जीवनमा संघर्ष गर्नुपरेको सामाजिक परिघटनालाई उनले चित्रसँग जोडेका छन् । नारीलाई भने उनले कोमल हृदयको खानी र सौन्दर्यको प्रतीकको रुपमा उतारेको बताए ।

saroj bangtawa (1)
चित्रमा आलिङनमा मस्त जोडीलाई देखाएर उनले प्रेमिल सम्बन्धका विषयलाई पनि जोड्न भ्याएका छन् । भर्खरै हङकङको कला प्रदर्शनीमा सहभागी भएर काठमाडौं आएका उनका चित्र भने प्रदर्शनीमै रहेको जनाए ।
प्रशर्दनीमा राखिएका कलाका बारेमा उनी भन्छन्, ‘जति पनि समाजका हर्ष, निराश, प्रेम, सौन्दर्य र संघर्षशील जीवनको पाटोलाई मैले बिम्बात्मक रुपमा अभिव्यक्त गर्न खोजेको छ ।’ उदयपुरमा २०३१ सालमा जन्मिएका २०३१ बान्तवा सानै उमेरदेखि चित्रकला, संगीतमा, र खेलकुदमा औधि रुचि राख्दथे । तर, २ वर्ष पुग्दानपुग्दै बिरामी परि उनको दुवै गोडाले काम गर्न सकेन । बुवा आमाले धामीझाँक्री धेरै लगेपनि केही नलागेपछि धरानको घोपा क्याम्पमा लगेपछि उनलाई पोलियो लागेको थाहा भयो । उनका दुवै गोडाले काम गरेन । उनमा जागेको कला भावका कारण उनले निकै संघर्ष गर्दै चित्रकला विषयमा स्नातकोत्तर गरे । हाल उनी त्रिभुवन विश्वविद्यालयअन्तर्गत ललितकला क्याम्पसमा अध्यापनरत छन् । उनले एक दर्जनभन्दा बढी देशमा कलाको प्रर्दशनीसमेत गरिसको छन् ।
उनका कलामा प्रेममात्रै होइन, हर्ष र उमंगका साथै पीडा, वेदना र दुःखका कथा पनि समावेश भएका छन् । उनको जीवनका विविध अवयवलाई केलाउँदै जाने को भने संघर्ष र मिहेनतको प्रतिफलका रुपमा अहिले एक सफल कलाकार बन्न सकेको कथा उनीले बोकेका छन् । उनी शारिरीक रुपमा अपांगता भएपनि उनको जोशजाँगर कुनै सवलाङ्गको भन्दा कम छैन । उनका चित्रमा पीडा र वेदनाका कथा भएपनि तिनमा जीवनप्रतिको आशावादिता भने प्रचुर मात्रामा पाइन्छ ।
प्रदर्शनीमा बिक्री भएका कलाकृतिको केही प्रतिशत रकम गत बैशाख १२ मा भुकम्प प्रभावितलाई सहयोग गर्ने उद्देश्य रहेको उनले जनाए । प्रदर्शनी हङकङस्थित कम्युनिटी कल्चर केन्द्रको आयोजनामा भएको हो ।

Comments