पत्रकार विदुरलगायत दर्जनलाई शिखरको सम्मान
screennepal
प्रकाशित: २०७३, ३ जेष्ठ सोमबार
no img

काठमाडौं । शिखर नेपालले आफ्नो १३औं वार्षिकोत्सवको अवसरमा विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान गरेको छ । सांस्कृतिक कार्यक्रमका साथ आईतबार राजधानीको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा प्रमूख आतिथि उपराष्ट्रपति नन्दबहादुर पुनले कलाकार, पत्रकार तथा विभिन्न पेशाकर्मीलाई सम्मान गरेको हो ।

_MG_2146
कार्यक्रममा उपराष्ट्रपति पुनले आ–आप्mनो क्षेत्रमा योगदान पु¥याएवापत पत्रकार विदुर गिरी, पत्रकार तथा फिल्म निर्देशक सुव्रत आचार्य, कलाकार तथा छायांकार मनराज श्रेष्ठ, एसपी मिरा चौधरी, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य झलक गैरे, जिल्ला पशु सेवा कार्यालय चितवनका प्रमूख डा. रामकुमार कार्की, सोरठी नृत्य गुरु चन्द्रलाल खनाल, प्रशाषक राजेन्द्र पण्डित, पूर्व भारतिय सैनिक क्या. लालबहादुर थापा, निर्माण सामग्री व्यवसायी किरणकुमार रिजाल, पश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, मध्यपश्चिमाञ्चल खेलकुद विकास समितीका अध्यक्ष भीम ओली, शिक्षासेवी विनोदमान श्रेष्ठ, समाजसेवी सुवोध शेर्पाली, युएई एनआरएनका अध्यक्ष सुदिप कार्की, पूर्वसैनिक वलराम सापकोटा, सञ्चारकर्मी त्रिलोचन कोइराला र विनोदबाबु श्रेष्ठ, साहित्यकार हरिप्रसाद पाण्डे, स्वास्थ्यसेवी रेशम भट्टराई, खेलाडी तथा राजनीतिज्ञ दिपेश पुन, स्वास्थ्य व्यवसायी सिन्धु आचार्य, शिक्षासेवी सञ्जिव पाण्डे, पर्यटन व्यवासायी चिरञ्जिवी चन्दलगायतलाई शिखर सम्मान २०७३ बाट सम्मानित गरेका थिए ।
शिखर नेपालका अध्यक्ष कलाकार तथा निर्देशक शेखर खनालको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपराष्ट्रपति पुनले निर्देशक, लेखक तथा अभिनेता मोहन निरौला, निर्माता तथा अभिनेता केशव भट्टराई, एसएसपी सर्वेन्द्र खनाल, कृषी व्यवसायी मोहनप्रकाश थापा, काठमाडौं महानगरपालिकाका प्रमूख सनतकुमार थापा, अध्यागमन विभागका वरिष्ठ अधिकृत उद्धवप्रसाद तिमिल्सीना, शिक्षासेवी रुपक राजवंशी, होटल व्यवसायी जगननाथ थपलिया, खेलाडी विरेन्द्र खड्का, समाजसेवी सानुबाबु विन्दुकार, विश्व हिन्दु महासंघका महासचिव चित्रबहादुर केसी, शिक्षासेवी सन्तपाल डंगोल, पर्यटन व्यवासयी युवराज श्रेष्ठ र समाजसेवी रविन अधिकारीलाई शिखर व्यक्तित्व सम्मान २०७३ बाट सम्मान गरेका थिए। त्यसै गरी खानेपानी तथा सरसफाई मन्त्री प्रेम बहादुर सिंह, आपूर्ती मन्त्री गणेशमान पुन र पूर्व मन्त्री लाल बाबु पण्डितलाई शिखर व्यत्तित्व अभिनन्दन २०७३ बाट सम्मानित गरिएको थियो ।
हिमाल, पहाड र तराइका नृत्य तथा महाभूकम्पले दिएको चोटलाईस्मरण गराउँदै प्रस्तुत भएको विशेष नृत्य नाटिकाबाट शुरु भएको कार्यक्रममा शिखर नेपालका कलाकारहरुले विभिन्न लोक सांस्कृतिक नृत्यबाट दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए ।

Comments