पार्क ग्यालरीमा सरोजको पाँचौ कला प्रदर्शनी
screennepal
प्रकाशित: २०७३, ३ जेष्ठ सोमबार
no img

ललितपुर । युवा कलाकार सरोज बज्राचार्यको पाँचौं एकल कला प्रदर्शनी पार्क ग्यालरी पुल्चोकमा चलिरहेको छ । ‘द मिसिङ लिंक’ शीर्षकमा गरिएको सो प्रदर्शनीमा बज्राचार्यले ब्रमाण्ड र मानव जीवनलाई विषय बिम्बका रुपमा प्रस्तुत गरेका छन् । कला लेखक, क्यूरेटर, शिक्षक आदिको छवि बनाएका उनले कला सम्बन्धी दुईवटा पुस्तक पनि प्र्रकाशन गरेका छन् ।

missing link (2)
मान्छेका सपना र काम गराइबीचको अन्तरसम्बन्ध र मनोभावलाई कलात्मक रुपमा प्रस्तुत गर्दै बज्राचार्यले मानिसका महत्वकांक्षा प्रतिबिम्बित कला यस प्रदर्शनीमा राखेका छन् ।
आकाशगंगामा तैरिरहेका अन्तरिक्षयात्री र तिनको मनोभावलाई मानवीय जीवनका विविध आयामसँग तुलना गरिएको छ । मानिस सोच्छ र एकैचोटि सपना पुरा गराउने ध्याउनमा लाग्छ तर उसले बीचको प्रोसेसलाई मिसिङ गरिरहेको हुन्छ भन्ने भाव कलामा व्यक्त गरेको बज्राचार्यले बताए ।
उनका कलाका बारेमा कला लेखक तथा कलाकार मदन चित्रकार भन्छन्, ‘सरोजका कलाले अहिलेको विश्वको अवस्था र त्यसको मानव जातिमा परेको प्रभावका बारेमा सत्य बोलेको पाएको छु ।’
संसारका मानिस र तिनका मनोदशालाई कलात्मक बिम्ब विषयमार्फत बज्राचार्यले आफ्ना क्यानभास रंगाएका छन् । उनका चित्रमा रङको प्रस्तुति निकै आकर्षक र प्रभावी रुपमा देखा परेको छ । रङलाई उद्देश्य अनुरुप प्रस्तुत गरेर उनले आफुलाई अब्बल सावित गर्ने कोसिस गरेका छन् । विषयको गहिराइमा पुगेर समाज र मानव जीवनका विविध आयामलाई ब्रमाण्डसँग तुलना गर्दै उनले क्यानभासमा चित्रण गरेका छन् ।

Comments