कान्सको रेडकार्पेटमा यस्तो देखिइन् ऐश्वर्या
screennepal
प्रकाशित: २०७३, १ जेष्ठ शनिबार
no img

एजेन्सी । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन शनिबार कान्स फिल्म फेस्टिवलको रेड कार्पेटमा आफ्नो सौन्दर्य प्रस्तुत गरेकी छन् । ऐश्वर्याको यो कान्समा १५औं सहभागिता हो । उनी सन् २००२ यता लगातार बलिउडको प्रतिनिधित्व गर्दै कान्समा सहभागी हुँदै आएकी छन् । ४२ वर्षीया ऐश्वर्या शनिबार कान्सकोे रेड कारपेटमा ‘गोल्डन शैम्पेन’ रंगको फुल लन्ंथ गाउनमा देखिइन् । जुन ड्रेस कुवेतको डिजाइनर अलि यूनुसले डिजाइन गरेका हुन् । कान्सको रेड कारपेटमा आइतबार सोनम कपूर देखिनेछिन् ।
कान्समा सहभागी हुन ऐश्वर्या शुक्रबार चार वर्षीया छोरी आराध्या र आमासहित पेरिस गएकी हुन् । ऐश्वर्या हिजोआज फिल्म ‘सरबजीत’ को प्रमोशनमा व्यस्त छिन् । त्यसका बाबजुद पनि उनी कान्समा सहभागी हुन गएकी हुन् ।

aishwarya, canns 1 (3) aishwarya, canns 1 (2) aishwarya, canns 1 (1)

Comments