जमुना-भरत फाउण्डेसन स्थापना
screennepal
प्रकाशित: २०७३, १ जेष्ठ शनिबार
no img

काठमाडौं । पहिलोपटक नेपालमा फिल्म अवार्डको आयोजना गर्ने वरिष्ठ समाजसेवी तथा उद्यमी स्वर्गीय भरतलाल श्रेष्ठको सम्झनामा शुक्रबार उनको  ७५औं जन्मदिन तथा तीन महिनाको पुण्य तिथिमा जमुना—भरत फाउण्डेसनको स्थापना भएको छ । उनको गएको फागुन ३ गते निधन भएको थियो । उनको जन्मदिनको अवसर पारी स्वर्गीय श्रेष्ठका नाति, नातिनी, पनाति तथा पनातिनीहरुले जम्मा गरेको रकमबाट १० लाख रुपियाँको अक्षयकोष खडा गरिएको छ । जमुना स्वर्गीय श्रेष्ठकी धर्मपत्नी हुन् ।

foundetion
यसरी अक्षयकोष खडा गर्नेमा नाति दिरेक, बिनी, रकिन, एलिना, सरिना, श्रीतेस, लकीश, अनुज, सुशाना, प्रनीश, समीप, निकी, श्रीभा, कृशा, रिती, रिवाज, आरोग्य, कृष्मा र दीभांक रहनु भएको छ । फाउण्डेसनले विपन्न बालबालिकाको शिक्षामा काम गर्नुका साथै समाजमा सकारात्मक योगदान पु-याउने लक्ष्य लिएको छ ।
लायन्स क्लबका पूर्वडिष्ट्रिक्ट गभर्नर रहिसकेका स्वर्गिय श्रेष्ठले लायन्स क्लब अफ विशाल बजारको अध्यक्ष रहँदा त्यस सँस्थाबाट २०४५ सालमा शवना आजमीलगायत बलिउडका लोकप्रिय कलाकारलाई समेत निम्त्याई नेपालमै पहिलो फिल्म अवार्ड कार्यक्रम आयोजना गरेर फिल्म क्षेत्रलाई गुण लगाएका थिए । तत्पश्चातमात्र फिल्म अवार्डका कार्यक्रम हुन थालेका थिए । स्वर्गीय श्रेष्ठले लायन्स क्लबको स्थापना कालदेखि नै रक्तदान कार्यक्रम गरी हजारौं पिन्ट रगत संकलन गरी ब्लड बैंकलाई उपलब्ध गराउँदै आएका थियो ।
उनको यही योगदानको स्मरण गर्दै शुक्रबार बिशाल बजारको प्रांगणमा कामना न्यूज पब्लिकेशन्स् प्र्रालि, द रोलिङ स्टोन्स् ईङ्लिस स्कूल, ब्लोदान एशोसियसन नेपाल, स्यस्यः समाज, विशाल बजार व्यापार संघ, लायन्स तथा लियो क्लव अफ विशाल बजारको संयुक्त प्रयासमा  बृहत् रक्तदान कार्यक्रमको आयोजनाुसमेत गरिएको छ । उक्त रक्तदान कार्यक्रममा १ शय २० जनाले रक्तदान गरेका थिए ।

Comments