हैट ! दरौदीमा हनुमाने र मंगलीको रोमान्स ! (फोटोफिचरसहित)
screennepal
प्रकाशित: २०७३, १ जेष्ठ शनिबार
no img

– शब्द/तस्बिर : एमपी सुब्बा

छेपेटार (गोरखा) । गोरखाको छेपेटार हुँदै बग्ने दरौदी आफ्नै सुरमा सलल… बग्दैथियो, जसको बेवास्ता गर्दै ‘हनुमाने’ र ‘मंगली’ आफ्नै तालमा रोमान्समा मग्न थिए । उनीहरुले -याफ्टिङको मज्जा मात्र लिएनन्, एक–अर्काबीच चिसो पानी छ्यापेर दरौंदी किनारको प्रचण्ड गर्मीलाई समेत चुनौती दिए । यो दृश्य शुक्रबार दिउँसोको हो, जहाँ एक गीतको म्युजिक भिडियो सुटिङ हुँदैथियो ।

buddhi+Rajani, screennepal (5)
हो, गायक विकास उप्रेतीको ‘-याफ्टिङ चढेर…’ बोलको गीतलाई दरांदीमा छायांकन गरिएको छ । गीतको भावनाअनुसार कलाकार बुद्धि तमाङ अर्थात् हास्य टेलिचलचित्र ‘मेरी बास्सै’ का हनुमाने र उनकी अनस्क्रिन पत्नी रजनी गुरुङ ‘मंगली’ले -याफ्टिङ चढेर मज्जा लिए । उनीहरुलाई आफ्नो माया एक–अर्कामा निस्फिक्री पोख्न निर्देशन गदैथिए, फोटो पत्रकार तथा म्युजिक भिडियो निर्देशक नविनबाबु गुरुङ । छायांकनमा नविनबाबुलाई राजु तामाले साथ दिएका थिए । टेलिचलचित्रका चर्चित पात्र बुद्धि तामाङको यो पहिलो अभिनीत म्युजिक भिडियो पनि हो । रजनीले भने थुप्रै भिडियो तथा गुरुङ भाषा चलचित्रमा अभिनय गरिसकेकी छन् ।

buddhi+Rajani, screennepal (4)
नविनबाबुकै निर्देशन र छायांकन रहेको ‘-याफ्टिङ चढेर…’ गीतको भिडियो शुट गर्न राजधानीबाट एक दर्जनको मेम्बर क्रियु शुक्रबार सबेरै दरौंदी किनार पुगेका थिए । स्थानीयका अनुसार दरौदी नदीमा पहिलोपटक ¥याफ्टिङ चलाइएको हो । जुन सुटिङका लागि पु-याइएको हो । यस गीतको भिडियो दरौंदी किनारका अलावा छेपेटार, चोरकाटेलगायतका स्थानमा छायांकन गरिएको छ ।   गायक विकास उप्रेती अष्ट्रेलियामा बस्दै आएका छन् । उनको यस गीतलाई किरण भण्डारीले संगीत गरेका हुन्, जो उनी पनि अष्ट्रेलियामै बस्छन् । यो भिडियो एक साताभित्र रिलिज गरिने बताइएको छ ।

buddhi+Rajani, screennepal (3) buddhi+Rajani, screennepal (2) buddhi+Rajani, screennepal (6)

Comments