‘छेस्को’ले कमाएको १५ प्रतिशत अनाथलाई दिने घोषणा !
screennepal
प्रकाशित: २०७३, ३० बैशाख बिहीबार
no img

काठमाडौं । चलचित्र ‘छेस्को’ ले देशभरबाट गरेको व्यापारको १५ प्रतिशत अनाथ बालबालिकालाई सहयोग गर्ने घोषणा गरेको छ । चलचित्रका निर्माता, कलाकार तथा वितरक करण ‘क्रेजी’ श्रेष्ठले यो कुरा बताएका हुन् । उनले भने, ‘हाम्रो युनिटले चलचित्र छेस्कोले देशभरबाट गरेको रकमको १५ प्रतिशत अनाथ बालबालिकालाई सहयोग गर्ने निर्णय गरेका छौं ।’ यो चलचित्र २१ जेठबाट देशभर रिलिज हुँदैछ ।

karan
‘छेस्को’ ‘पोर्न फिल्म खेल्छु’ भनेर चर्चामा आएकी अर्चना पनेरुको डेब्यु चलचित्र हो । यसअघि अर्चनाले ‘जिस्म’मार्फत डेब्यु गर्ने भनिएको थियो । तर, उक्त चलचित्रभन्दा ‘छेस्को’ अगाडि रिलिज हुने भएको छ । चलचित्रको पोस्टरमा अर्चना अर्धनग्न देखिएकी छन् । जसका कारण ‘छेस्को’ ले चर्चा पाइरहेको छ । यो चलचित्रको टिजरसमेत रिलिज भइसकेको छ । टिजरमा अर्चना र राजन कार्कीको किसिङ सीन देखाएको छ ।
यस.पी.मुभि मेकर र रिच इन्टेरटेन्मेन्नको संयुक्त प्रस्तुति निर्माण भएको यस चलचित्रमा सामान्य विषयलाई गहन रुपमा उठाएको बताइएको छ । यस चलचित्रलाई सुरेश थापाले निर्देशन गरेका हुन् । दुर्गा बिष्टको प्रस्तुती रहेको यस चलचित्रमा अर्चना र राजनका अलावा करण श्रेष्ठ ‘क्रेजी’को पनि मुख्य अभिनय छ । चलचित्रमा करण प्रहरी अनुसन्धान अधिकृतको भूमिकामा देखिँदैछन् ।

Comments