क्रियटिभ नाटकघरमा ‘इन्द्रायणी जात्रा’ मञ्चन
screennepal
प्रकाशित: २०७३, ३० बैशाख बिहीबार
no img

काठमाडौं । क्रिएटिभ नाटकघर कीर्तिपुरमा बिहीबार नाटक ‘इन्द्रायणी जात्रा’ मञ्चन भएको छ । क्रिएटिभ एकेडेमी, कीर्तिपुरले तयार पारेको यो नाटक ब्रिटिस काउन्सिलको इन्टरनेशनल स्कुल अर्वाड कार्यक्रमअन्तर्गत स्थानीय पाठ्यक्रममा आधारित भएर मञ्चन गरिएको हो ।

drama
इन्द्रायणी जात्रा कीर्तिपुरका नेवार समुदायले हरेक वर्ष मनाउने एक जात्रा हो । नाटकले उक्त जात्राको सुरुवात र निरन्तरतालाई पस्किने कोसिस गरेको छ ।
नाटकको विषयवस्तु अनुसार उहिले कीर्तिपुरमा एउटा पिठगण थियो । उक्त पिठगणमा हरेक रात एउटा राक्षस आउने गर्दथ्यो । उक्त राक्षसको आहाराको लागि समाजका हरेक घरबाट पालैपालो दिनको एक जनाको दरले पालो बस्न जानु पर्दथ्यो ।
एकदिन एउटा घरको पालो थियो । जुन घरमा एक जना बुढा र उनकी श्रीमती मात्र बस्दथे । उनीहरु को पालो बस्न जाने भनेर सल्लाह गर्दै गर्दा एकजना बटुवा उक्त घरमा आइपुगे र पालो बस्न आपूm नै जान्छु भन्दै जिद्धि गर्न थाले । यो कुरा राजदरबारसम्म पुग्यो । राजाले पनि उक्त बटुवालाई नै पालो बस्न पठाउने निर्णय सुनाएपछि ति बटुवा सरसामान लिएर पालो बस्न गए । राती जब राक्षस आएर उनलाई खान खोज्यो त्यसैबेला उनले राक्षसलाई नै मारिदिए । यसरी उक्त बटुवाले राक्षसलाई मारेको र गाउँलेहरु पालो बस्न जानबाट मुक्त भएको खुशियालीमा हरेक वर्ष इन्द्रायणी जात्रा मनाउन थालिएको प्रसङ्ग सहित नाटकको अन्त्य हुन्छ ।
प्रेम पौडेलको परिकल्पना तथा निर्देशन रहेको उक्त नाटकको संयोजन खगेन्द्र गौतमले गर्नुभएको छ । नाटकमा शुसान्त अधिकारी, प्रयुला पौडेल, सन्तोष पोखरेल, सुवेग पौडेल, सन्दीप भण्डारी, युरानस अधिकारी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

Comments