पूर्वमिस नेपाल सुष्टि कुमारी बनेपछि…
screennepal
प्रकाशित: २०७३, ३० बैशाख बिहीबार
no img

काठमाडौं । पूर्वमिस नेपाल सृष्टि श्रेष्ठ चाँडै कुमारीका रुपमा दर्शकले देख्न पाउँदैछन् । सुष्टि अभिनीत चलचित्र ‘गाजलु’ २८ जेठबाट रिलिज हुँदैछ । यस चलचित्रमा सुष्टि कुमारीको भूमिकामा देखिँदैछिन् । यो सृष्टिको डेब्यु चलचित्र हो । सुष्टिले ‘गाजलु’ मा कुमारीको कथा भएकै कारण अभिनय गरेको समेत बताएकी छन् । एक सन्दर्भमा यी पूर्व नेपाल सुन्दरीले भनिन्, ‘मलाई कुमारीको कथा भएकै कारण यस चलचित्रमा अभिनय गरेकी हुँ ।’ चलचित्रमा उनी अभिनेता अनमोल केसीसँग देखिँछन् । यो चलचित्रलाई हेमराज बिसीले निर्देशन गरेका हुन् ।

shrishti
पूर्वमिस नेपालबाट अभिनेत्री बनेकी सुष्टिले आफ्नो पहिलो चलचित्र रिलिज हुन लाग्दा उत्साहित र नर्भस बनेको बताएकी छन् । उनले टिमवर्कको मिहिनेतले चलचित्र राम्रो बनेको दावी गरेकी छन् । भन्ने सृष्टिले भनिन्, ‘मिहिनेत गरेकी छु । त्यसको प्रतिफल चलचित्र हलमा आएपछि दर्शकबाट पाउने आशा गरेकी छु ।’ स्मरणीय कुरा जतिखेर सुष्टिले मिस नेपालको ताज पहिरिएकी थिइन्, त्यो समयमा उनले चलचित्रमा अभिनय गर्ने सोच नभएको बताएकी थिइन् । तर, अहिले आएर राम्रो विषयवस्तु भएको चलचित्रमा प्रस्ताव आए अभिनय गर्न तयार रहेको बताएकी छन् ।

Comments