‘कैबरे’ रिलिजअघि ऋचाको यस्तो रुप ! (फोटोफिचरसहित)
screennepal
प्रकाशित: २०७३, ३० बैशाख बिहीबार
no img

नयाँदिल्ली । बलिउड अभिनेत्री ऋचा चड्डाले एक म्यागजिनका लागि बिकिनीमा फोटोसुट गरेकी छन् । ऋचाले चर्चित फेसन म्यागजिन ‘म्याक्सिम’ का लागि बिकिनीमा फोटोसुट गरेकी हुन् । यस म्यागजिनको कभरमा ऋचा कालो बिकिनीमा छाएकी छन् । भनिन्छ, यी अभिनेत्रीले २७ मेमा रिलि हुन गइरहेको फिल्म ‘कैबरे’ मा  बोल्ड अवतारमा देखिँदैछिन् । यस फिल्मको रिलिजभन्दा अगाडि ऋचा यसरी सेक्सी लुक्समा देखिएकी हुन् । यो फोटासुट ऋचाले स्विमिङ पुलमा गरेकी हुन् । गर्मीमा आएर यो फोटो उनले आफ्ना फ्यानलाई समेत शेयर गरेकी छन् । यस फोटोसुटको एक भिडियो पनि म्याक्सिमले आफ्नो फेसबुक पेजमा पोस्ट गरेको छ ।

Richa chandda, screennepal (1)
समाचारमा बताइएअनुसार ‘कैबरे’ हेलनको जीवनमा आधारित फिल्म हो । तर, फिल्म निर्माणपक्षले यसबारे केही बताएको छैन । फिल्मका लागि ऋचाले जमेर मिहिनेत गरेकी छन् । ‘म्याक्सिम’ को मे संस्करणको कभर पेजमा ऋचालाई स्थान दिइएको छ । यसअघि म्यागजिनको सेटेम्बर २०१४ को अंकमा पनि ऋचा कभरमा छाएकी थिइन् । ऋचाको फिल्म ‘ग्याङ्स अफ वासेपुर’ ले निकै चर्चा पाएको थियो । त्यसपछि उनले फिल्म ‘मसान’ मा काम गरिन् । यसबाट पनि ऋचाले तारिफ बटुलेकी थिइन् । पछिल्लो समय ऋचाको फिल्म ‘मैं और चाल्र्स’ आएको थियो । तर, यो फिल्मले सफलता पाएन । यस फिल्मलाई पुजा भट्टले निर्माण गरेकी थिइन् । यसबारे पुजा भन्छिन्, ‘फिल्ममा ऋचाको भूमिका एकदमै राम्रो थियो । फिल्ममा ऋचा नै हिरो थिइन् ।’यी अभिनेत्री फिल्म ‘सरबजीत’ मा पनि देखिने छिन् । -Agency

Richa chandda, screennepal (4) Richa chandda, screennepal (3) Richa chandda, screennepal (2)

Comments