अञ्जना र पुजाको सत्कर्म : भूकम्पमा अविभावक गुमाएका बालबालिका खोज्दै
screennepal
प्रकाशित: २०७३, २९ बैशाख बुधबार
no img

 पोखरामा जन्मेर हङकङमै हुर्केपढेकी अञ्जना सन् २०१४ की ‘मिस मगर हङकङ’ हुन् भने पुजा २०१५ की ‘मिस मगर हङकङ’ हुन् । यी दुई सुन्दरी गत बैशाख १२ र २९ गते गएको विनाशकारी भूकम्पबाट विभिन्न जिल्लामा अविभावक गुमाएका बालबालिकालाई छात्राबृत्ति प्रदान गर्ने उद्देश्यले यहाँ आएका हुन् ।

एमपी सुब्बा
काठमाडौ । हङकङलाई कर्मथलो बनाउँदै आएका दुई मगर सुन्दरी यतिखेर काठमाडौंमा छन् । १८ वर्षीया अञ्जना पुन मगर र २३ वर्षीया पुजा राना मगर पेसाले मोडल हुन् । तर, उनीहरुको यो नेपालयात्राको उद्देश्य कुनै म्युजिक भिडियो वा -याम्प मोडलिङका लागि होइन । सत्कर्मका लागि उनीहरु नेपाल आएका हुन् । अञ्जना र पुजा यसपटक भूकम्पमा अविभावक गुमाएका विभिन्न जिल्लाका दुई दर्जन बालबालिकालाई पूर्ण छात्राबृत्ति प्रदान गरेर कर्मथलो हङकङ फर्कँदैछन् ।

anjana
पोखरामा जन्मेर हङकङमै हुर्केपढेकी अञ्जना सन् २०१४ की ‘मिस मगर हङकङ’ हुन् भने पुजा २०१५ की ‘मिस मगर हङकङ’ हुन् । यी दुई सुन्दरी गत बैशाख १२ र २९ गते गएको विनाशकारी भूकम्पबाट विभिन्न जिल्लामा अविभावक गुमाएका बालबालिकालाई छात्राबृत्ति प्रदान गर्ने उद्देश्यले यहाँ आएका हुन् । मगर संघ हङकङकी अध्यक्ष चन्द्रज्योति आलेमगरको नेतृत्वमा आएका उनीहरुले धादिङ, रसुवा, गोरखा, सिन्धुपाल्चोक, रामेछापलगायतका भूकम्प प्रभावित क्षेत्रमा पुगेर भूकम्पपीडित बालबालिका भेटेर काठमाडौं फर्केका छन् ।

pooja 13
स्क्रीन नेपालसँगको कुराकानीमा अञ्जनाले भनिन्, ‘मगर संघ हङकङको अगुवाईमा हामी भूकम्पमा ज्यान गुमाएका परिवारका बालबच्चालाई स्कलरसिप प्रदान गर्न आएका हुँ ।’ अहिलेसम्म ६७ जना बालबालिकालाई स्करशीप प्रदान गर्ने निश्चित भइसकेको पनि उनले बताइन् । भूकम्प प्रभावित विभिन्न जिल्ला भ्रमण गर्नेक्रममा ६ वर्षदेखि १३ वर्षसम्मका बालबालिकाले अविभावक गुमाएर टुहुरा भएको भेटिएको अञ्जनाले बताइन् । कुराकानीकै क्रममा अञ्जनाले भनिन्, ‘मेरो इच्छा र चाहना मोडलिङमा हो । तर, अहिले यही सामाजिक कार्यले गर्दा मोडलिङलाई समय दिन सकेकी छैन ।’

anjana+pooja
‘मिस मगर हङकङ’ को शीर्ष उपाधि पाएसँगै मोडलिङ र समाज सेवामा सक्रिय अञ्जनाले भनिन्, ‘मैले कक्षा १ सम्म पढेर हङकङ गएकी हुँ । तर, धेरै समयपछि नेपाल आउँदा राम्रो लाग्यो ।’ यहाँको प्राकृतिक सौन्दर्यताले आफूलाई लोभ्याएको अञ्जनाले सुनाइन् । यतिका वर्षपछि आफ्नो देश आएको भएपनि जन्मथलो पोखरा जान नपाएको उनले बताइन् । ‘जन्मथलो पोखरा नपुगेकी हङकङ पर्कँदैछु’ उनले भनिन्, ‘छुट्टै उद्देश्यले नेपाल आएकाले पोखरा जानु भ्याइनँ ।’
त्यस्तै, अर्की सुन्दरी पुजाले भनिन्, ‘मैले मोडलिङ र समाज सेवालाई सँगसँगै डो-याउँदै आएकी छु । बुटललकी पुजा करिब ८ वर्षअघि हङकङ छिरेकी हुन् । उनी ‘मिस मगर हङकङ’ हुन अघिबाटै मोडलिङमा सक्रिय थिइन् । उनले भनिन्, ‘मिस मगर हङकङ’ भएपछि समाजसेवातिर पनि लागेकी हुन् । सन् २०१५ मै हङकङमा आयोजित ‘हन्ट फर सुपर मोडल’ को शीर्ष विजेता बनेकी पुजा भूकम्प जानेवित्तिकै पनि राहत वितरण गर्न नेपाल आएकी थिइन् । त्यतिखेर अधिकांश भूकम्प अति प्रभावित क्षेत्रमा पुगेर राहत विरतरणमा सक्रिय भएकी पुजाले भनिन्, ‘भूकम्प गएको एकवर्षपछि आउँदा पनि पीडितले खाशै राहत पाएजस्तो लागेन । त्यो समयमा आउँदा भूकम्पपीडत त्रिपालमा थिए, अहिले जस्तापाताको टहरमा पाएँ । यस्तो गर्मी मौसममा भूकम्पपीडितहरु कसरी जस्तापाताको टहरामा बसेका होलान्, यो सोचनीय छ ।’
उनीहरु शुक्रबार नै हङकङ पर्कँदैछन् । डाटा संकलनका क्रममा ६६ जना अभिभावक गुमाएका बालबालिका भेटिएको भएपनि सबैलाई भेट्न नसकेको पुजाले बताइन् । ‘यसपटक हामीले २२ जना बालकालिकालाई मात्र भेट्न सार्मथ्य भयौं’ पुजाले भनिन्, ‘अब फेरि अर्को पटक आउँनेछौ ।’
डाटा संकलनमा आएका ६६ बालबालिकालाई कक्षा १० सम्म पूर्ण छात्राबृत्ति प्रदान गर्ने पुजाले बताइन् । उनले भनिन्, ‘अझै बढ्न पनि सक्छ । जति भएपनि सबैलाई कक्षा १० सम्म छात्राबृत्ति प्रदान गर्नेछौं ।’ उनका अनुसार अहिले जुन विद्यालयमा अध्ययन गरिहेका छन्, त्यही विद्यालयमा ती बालबालिकालाई छात्राबृत्तिको व्यवस्था गरिनेछ ।

Comments