निरजनलाई मलेसियामा ‘युवा इन्टरप्रेनियर अर्वाड’
screennepal
प्रकाशित: २०७३, २९ बैशाख बुधबार
no img

काठमाडौ । मोडल निराजन सिंह अन्तर्राष्ट्रिय सम्मानद्वारा सम्मानीत भएका छन् । हालै मलेसियाको क्वालालमपुरमा ‘एईईएफ’ नामक मल्टिनेशनल व्यापार संघ (एसियन एक्सिलेन्स इन्टरप्रेनियर फेडरेसन)ले प्रेस्टिजियस ब्रान्ड अर्वाडद्वारा उनलाई ‘युवा इन्टरप्रेनियर अर्वाड’ प्रदान गरेको हो ।

nirajan
निराजनले ‘एकपल….’लगायत दुई दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेका छन् । ललितपुर, गाँछेकाका निराजन समाज सेवा र ब्यवसायमा पनि क्रियासिल छन् । अभिनय, सामाजिक कार्यमा सक्रिय र ब्यवसायको लगावका कारणले एक महिना अगाडी मात्र निराजलाई किङ यनिभर्सिटी, अमेरिकाले व्यवसायिक हिसावले सफल तथा अव्वल युवाको कदर तथा सम्मान स्वरुप डक्टरेट उपाधिले सम्मान समेत गरेको थियो । युवाबस्थामै उनको सक्रियतालाई ध्यानमा राखेर उनलाई यो उपाधिले सम्मान गरिएको संस्थाले जनाएको छ ।

Comments