संसारमा मन पराइएका सुचिको एक नम्बरमा एञ्जेलिना
screennepal
प्रकाशित: २०७३, २८ बैशाख मंगलवार
no img

काठमाडौं । हलिउड अभिनेत्री एन्जेलिना जोली संसारै सबैभन्दा मनपराइने व्यक्तिको एक नम्बर सूचिमा परेकी छन् । ‘वल्र्ड मोस्ट एडमिरेड–२०१६’ नाम दिइएको सुचिमा महिलातर्फ २० र पुरुषतर्फ २० जनाको उल्लेख छ । जसमा पुरुषतर्फ माइक्रोसफ्टका संस्थापक बिल गेट्स एक नम्बरमा छन् ।

angelina-jolie-630
बेलायती पत्रिका ‘द इन्डिपेन्डेन्ट’ले सार्वजनिक गरेको सूचिमा पूरुषतर्फ दोस्रो स्थानमा अमेरिकी राष्टपति बाराक ओबामा, तेस्रो स्थानमा चिनियाँ राष्ट्रपति सी जिनपिङ, चौथो स्थानमा चिनियाँ अभिनेता ज्याकी चेन, पाँचौ स्थानमा स्टिफन हकिंग र छैटो स्थानमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन छन् । त्यस्तै, सातौ स्थानमा फेसबुकका संस्थापक मार्क जुकरवर्ग र आठौ स्थानमा दलाई लामा परेका छन् ।
महिलातर्फ एन्जेलिनापछि बेलायती महारानी एलिजावेथ दोस्रो तथा अमेरिकाको राष्टपतिय निर्वाचनका कार्यक्रममा व्यस्त रहेकी नेतृ हिलारी क्लिन्टन तेस्रो नम्बरमा छिन् । त्यस्तै, ओपरा विन्फ्रे, मिशेल ओबामा र मलाला यूसुफजई क्रमश चौथो, पाँचौ र छैटौँ स्थानमा छन् ।

nnnnn

Comments