रक्सी खाएपछि सुशान्तलाई मनलाग्दो गाली गर्थिन् अंकिता !
screennepal
प्रकाशित: २०७३, २८ बैशाख मंगलवार
no img

मुम्बई । यो वर्ष बलिउडका लागि ‘जोडी छुट्ने वर्ष’ सावित भएको छ । यस वर्ष बलिउडमा अरबाज खान र मलाइका अरोरा, फरहान अख्तर र अधूना, रणवीर कपूर र कट्रिना कैफजस्ता स्टारको जोडी छुट्टिएको छ । त्यस्तै, पछिल्लो समय सुशान्त सिंह राजपूत र अंकिता लोखंडेको पनि ब्रेकअप भएको छ । अहिले यिनीहरुको ‘ब्रेकअप’ को समाचार बलिउडमा चर्चाको विषय बनेको छ ।

Sushant- Ankita
सुशांत सिंह र अंकिताको ५ वर्ष पुरानो रिलेशनशिप किन टुट्यो भन्ने एक किसिमको बलिउडकर्मीबीच बहस नै चलिरहेको छ । तर, यसबारे सुशांत सिंहले त सफाइ नै दिएका छन् । उनले ब्यंग्य गद्रै ट्विट गरे ‘न अंकिता रक्सी पिउँथिन्, त म युवतीबाज हुँ ।’
तर, पछिल्लो समाचारअनुसार अंकिताले रक्सी पिएर सुशांतलाई मनपरी गाली गर्थिन् । हालै एक फिल्म निर्माताको घरमा भएको पार्टीमा अंकिताले यति धेरै रक्सी पिइन् कि उनलाई सम्झाउँदा उल्टै सशान्तलाई झम्टेकी थिइन् । सुशान्तलाई केटीले रक्सी पिएको पटक्कै मन पदैनथ्यो । अंकिताको रक्सी खाने बानीले सुशान्त दिक्कै भइसकेका थिए । पिउँने मात्र नभई रक्सी पिएपछि गाली गर्ने अंकिताको बानी नै थियो । जति भने पनि अंकिताले रक्सी पिउन र गाली गर्न नछाडेपछि सुशांत–अंकिता छुट्टिएको धेरैको निष्कर्ष छ । -Agency

Comments