नक्कली बनिन् माला ! (भिडियो)
screennepal
प्रकाशित: २०७३, २७ बैशाख सोमबार
no img

mala

काठमाडौं । नायिका तथा नृत्यांगना माला लिम्बु पछिल्लो समय म्युजिक भिडियोतर्फ आकर्षित भएकी छन् । चलचित्र ‘वान वे’ मा अभिनय गर्दै नायिकाको रुपमा डेब्यू गर्ने यी नायिका पछिल्लो पटक गायक राजेश लामाको नया“ गीतमा ‘नक्कली नानी’ को भूमिकामा प्रस्तुत भएकी छिन् । ‘नक्कली नानी…’ बोलको यो गीतको भिडियो  प्रिमियर गरिएको छ ।
निकेश खड्काद्वारा निर्देशित यो भिडियोमा नायिका लिम्बु तथा गायक लामालाई बि—बोइङ गर्ने समुह ‘एनएचएफ क्रिउ’ का ५ जना कलाकारहरुले साथ दिएका छन् । भिडियोमा गायक लामाले पनि अभिनय गरेका छन् । अमृत सुनुवारद्वारा छायांकन गरिएको यो भिडियोका सम्पादक जिवन थापा हुन् । कल्याण सिंहको संगीत तथा यमन सुवेदीको शब्दमा तयार भएको यो पप गीतमा उदयराज पौडेलको संगीत संयोजन सुन्न सकिन्छ । डोरेमी स्टुडियोमा रेकर्ड गरिएको यो गीतमा गायक लामाले आफ्नो उत्कृष्ट गायन कला प्रस्तुत गरेका छन् । गायक लामाका अनुसार नेपाली लोक तथा आधुनिक शैलीलाई फ्युजन गरेर यो गीत गाइएको हो । गायक लामाले यसअघि ‘बधाइ कसरी…’ गीतको म्युजिक भिडियोबाट पनि राम्रो चर्चा पाएका थिए । सुरज सिंह ठकुरी तथा प्रियंका कार्कीद्वारा अभिनित उक्त भिडियो पनि निकेश खड्काकै निर्देशनमा तयार भएको थियो । लामो समयदेखि दुबईमा बसोबास गर्दै आएका गायक लामा त्यहा“ आयोजना हुने सांगीतिक कार्यक्रममा समेत नियमित सहभागिता जनाइरहन्छन् ।

Comments