बबरमहलमा पञ्चासेका चित्रहरु
screennepal
प्रकाशित: २०७३, २७ बैशाख सोमबार
no img

काठमाडौं । कलाको माध्यमबाट प्रकृति, वन्यजन्तुको प्रर्वद्धन गर्ने उद्देश्यले ‘पञ्चासे’ शिर्षकमा कला प्रदर्शनी भइरहेको छ । ‘वन्यन्तु र मानवको सहअस्तित्व’ भन्ने नारालाई अघि सारेर आफ्ना गतिविधिलाई अघि बढाइरहेको आर.एफ.डब्लयु.भी नामक संस्थाको आयोजनामा प्रदर्शनीको गरिएको हो । प्रदर्शनीमा ४१ थान पञ्चासे क्षेत्रमा स्थलगत रुपमा सिर्जना गरिएका कलाकृतिहरु राखिएका छन् ।
१६ जना कलाकारले पञ्चासे, भदौरी र भञ्जयाङमा गरेको कला कार्यशालाका कलाकृतिहरुलाई प्रदर्शन गरिएको हो । एक्रेलिक माध्यममा निर्माण गरिएको चित्रमा प्रकृतिसँग सम्वन्धित रही कलाकारले स्थानीय वातावरण, मौलिक वास्तुकला र मुहार समेतलाई चित्रमा उतारेका छन् ।

painti 2
प्रदर्शनीमा कलाकार अनिता भट्टराईले पञ्चासे फुलको चित्र बनाएकी छन् । उनी भन्छिन्, ‘फुल हाम्रो जीवनमा प्रकृतिले दिएको सबैभन्दा राम्रो उपहार हो ।’ फुलका साथमा उनले आफुले बिम्बका रुपमा प्रयोग गर्दै आएको पुतलीलाई पनि समावेश गरेकी छन् । उनको अर्को दृष्यचित्र पनि प्रदर्शनीमा समावेश छ, जुुन उनले स्थलगत रुपमै सिर्जना गरेकी हुन् ।

paint
‘फुलविनाको जीवनको कुनै अर्थ हुदैनजस्तो लाग्ने कारण मैले कार्यशालामा फुलको चित्रलाई प्राथमिकता दिएकी हुँ’ उनले भनिन् । सेतो रङ शितल र शान्तिको प्रतिक भएकोले सेतो फुल बनाएको पनि उनले बताइन् । कलाकार विनोद प्रधानले गोलोघर र दृष्ण्चित्रलाई क्यान्भासमा कैद गरेका छन् भने कलाकार सुनिता राणाले पञ्चासेका विहानीदेखि साँझसम्मलाई क्यान्भासमा उतारेकी छन् । यसका अलावा कलाकार जीवन राजोपाध्याय, डि राम पाल्पाली, प्रधी राणा, एरिना ताम्राकार, पोखरेली कलाकार एलपी गुरुङ, ध्वज गुरुङलगायतका कलाकारका सिर्जना प्रदर्शनीमा राखिएका छन् । प्रदर्शनीमा कलाकारले गाउँ, झरना, नाचगान गरिरहेका मानिस पहाड दृष्यचित्रलाई समावेश गरिएका छन् ।

paint1
यसैगरी प्रदर्शनीमा यो कार्यशाला भन्दा अघि चितवनका गरिर्एको कार्यशालाका चित्रहरु पनि समावेश छन् ।  चितवन र काठमाडौका कलाकारले गरिएको कार्यशालाको कलाकृतिहरु पनि प्रदर्शनी गरिएको छ । दोस्रो पटक गरिएको प्रदर्शनीमा जम्मा १०७ थान कलाकृति रहेको छ । बबरमहलस्थित नेपाल कला परिषद्मा २८ गते (भोलीसम्म) प्रदर्शनी हुने आयोजकले जनाइएको छ ।

Comments