तेजुलाको कम्ब्याक धेरैपछि…
screennepal
प्रकाशित: २०७३, २७ बैशाख सोमबार
no img

tejula

काठमाडौं । ‘द मोष्ट वान्टेड’ र ‘जस्ट फर यु’जस्ता चलचित्रमा अभिनय गरेपछि एकाएक हराएकी नायिका तेजुला खतिवडा पुनः मोडलिङमा देखिएकी छन् । उनी चार वर्षपछि पर्दामा कम्ब्याक भएकी हुन् । गायक बाबु बोगटीको पछिल्लो एल्बम ‘रेस्पेक्ट’मा समावेश ‘धेरैपछि…’ बोलको म्युजिक भिडियोमा तेजुला देखिएकी छन् । उक्त भिडियो उनको जन्मदिन (२७ बैशाख) को अवसरमा रिलिज गरिएको छ ।
जन्मदिनमा आफू अभिनित म्युजिक भिडियोसँग एल्बम रिलिज गर्न पाउँदा खुसी लागेको उनले बताइन् । तेजुलाले भनिन्, ‘चार वर्षपछि दर्शकमाझ आउँदैछु । त्यो पनि आफ्नो जन्मदिनको अवसरमा । यो एउटा सञ्जोगै मान्नुपर्छ ।’ चलचित्रमात्र नभएर मोडलिङमा समेत आफ्नो पहिचान बनाउँदै गर्दाको अवस्थामा हराएकी खतिवडा अब भने कलाकारिताको क्षेत्रमै सक्रिय रहने उनको भनाइ छ ।

ttt

Comments