Video : माया जालमा… सम्पदा
screennepal
प्रकाशित: २०७३, २६ बैशाख आईतवार
no img

काठमाडौं । आधुनिक गायिका गीता भट्टराईले ‘माया जालमा परेँ’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । तीन बर्षअघि ‘जोवन ढल्कियो’ नामक एल्बम सार्वजनिक गरेकी भट्टराई पछिल्लो समय सांगीतिक क्षेत्रमा चर्चामा छिन् । उनले तीन बर्षपछि यो गीत सार्वजनिक गरेकी हुन् ।

12
गत महिनामात्रै सार्वजनिक गरेको ‘भुल्नै गाह्रो भो’ बोलको आधुनिक गीतको म्युजिक भिडियोपछि अहिले उनले लोकदोहोरी गीत ल्याएकी हुन् । हालै सार्वजनिक गीतमा गायिका भट्टराईलाई खुमन अधिकारीले गायनमा साथ दिएका छन् । बाबुराम बोहराको शब्द र खुमन अधिकारीको संगीत रहेको भिडियोलाई शंकर बिसीले निर्देशन गरेका हुन् । भिडियोमा मोडल सम्पदा बानियाँ र बाबुराम बोहराले अभिनय गरेका छन् ।

गायिका भट्टराई अहिले रिमिक्स शैलीको ‘परे ओ परे’, लोकपप शैलीको ‘युएस लण्डनमा’ र आधुनिक बिधाको ‘माया मारी चटक्कै’ बोलको गीतको रेकर्डिङ सकेर म्युजिक भिडियो निर्माणको तयारीमा छिन् ।

https://www.youtube.com/watch?v=T_uTkZhe4fI

Comments