स्कुटी चलाउँदै कोलकोताको सडकमा अमिताभ (टीईथ्रीएन टीजर)
screennepal
प्रकाशित: २०७३, २३ बैशाख बिहीबार
no img

काठमाडौं । अभिनेता अमिातभ बच्चन अभिनीत पछिल्लो फिल्म ‘टीईथ्रीएन’ को टीजर सार्वजनिक भएको छ । टीजरमा अमिताभ कोलकोताको सडकमा स्कुटर चलाइरहेको देखिन्छन् । भनिन्छ, यो भावनात्मक थ्रीलर फिल्म हो, जसमा विद्या बालन र नवाजुद्दिन सिद्दिकीको पनि मुख्य अभिनय छ ।
फिल्मको टीजरमा अमिताभले एकदमै साधारण कपडामा सडकमा स्कुटर चलाइरहेका छन् । फिल्ममा अमिताभ आफ्नो नातीको निर्मम हत्यापछि आठ वर्षदेखि प्रहरी थाना धाइरहेका हुन्छन् । फिल्ममा नवाजुद्दिन बाबुको भूमिकामा छन् । अभिनेत्री विद्या बालन भने प्रहरी अधिकृत हुन्छिन्, जो अमिताभका् नाती हत्याको छानविन गर्छिन् । रिभुदास निर्देर्शित यो फिल्म १० जुनमा रिलिज हुनेछ । अमिताभ कोलकोताको सुटिङपछि मुम्बई फर्किसकेका छन् भने विद्या आफ्नो नयाँ फिल्म ‘कहानी–२’ को सुटिङमा व्यस्त छिन् अहिले । (एजेन्सी)

Comments