छुट्यो यिनको जोडी !
screennepal
प्रकाशित: २०७३, २३ बैशाख बिहीबार
no img

मुम्बई, एजेन्सी । अभिनेता सुशान्त सिंह राजपूतले आफ्नो लामो समयदेखिको प्रेमिका अंकिता लोखंडेसँग अलग भएको बताएका छन् । अंकिताका साथ धारावाहिक सिरियल ‘पवित्र रिश्ता’ बाट उनीहरु डेटिङमा थिए । ‘डिटेक्टिव ब्योमकेश बक्शी’ का अभिनेता ३० वर्षीया अंकितासँग अलग हुनलाई ‘दुर्भाग्यपूर्ण’ समेत बताएका छन् । उनले ट्विटरमा लेखेका छन्, ‘न त उनी शराबी हुन् न म एक व्यभिचारी । तैपनि हामी अलग भयौं । यो दुर्भाग्यपूर्ण हो ।’ साथै उनले जीवन कसरी बित्छ, त्यो सबैभन्दा महत्वपूर्ण रहेको पनि बताएका छन् ।

Ankita-Sushant

करिब ५ वर्ष डेटिङपछि सुशान्तले गएको डिसेम्बरमा विवाह गर्ने घोषणा गरेका थिए । तर, त्यतिखेरै उनको अंकितासँग खटपट भएको कुरा बाहिरिएको थियो । सुशांतको पछिल्लो फिल्म ‘एम एस धोनी ः द अनटोल्ड स्टोरी’ हो, जुन भारतीय क्रिकेट टीम क्याप्टेन महेन्द्रसिंह धोनीको जीवनीमा आधारित छ । अंकिताले पछिल्लो वर्ष टिभी धारावाहिक ‘कुछ तो है तेरे मेरे दरम्यिान’ मा देखिएकी थिइन् ।

Comments